शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डाटा चोरीको घटना बारे बोल्यो भायानेट, भएको के हो ?

बिहीबार, २७ चैत २०७६, १२ : ४५
बिहीबार, २७ चैत २०७६

काठमाडौं– भायानेट कम्यूनिकेशनले आफ्नो ग्राहकहरुको सूचना प्रणालीमा साइबर घटना भएको जानकारी गराएको छ । जसमा केही व्यक्तिगत डाटा जस्तोः नाम, ठेगाना, इमेल ठेगानार फोन नम्बरहरुमा अनाधिकारिक घुसपैठ भएको बताइएको छ ।

भायानेटले डाटा उल्लंघनको श्रोत पहिचान गरी त्यसको रोकथाम गरिसकेको पनि जनाएको छ । भविष्यमा हुनसक्ने यस्ता सम्भावित कमजोरीहरुमा नजर राख्ने र आवश्यक सुरक्षाको व्यवस्था गरी कार्यान्वयनमा ल्याइने पनि भायानेछटले जारी गरेको विज्ञप्तीमा जनाएको छ ।

अहिले नेपाल सरकारको साइबर क्राइम ब्यूरोसँग सम्पर्कमा रहेको र सम्बन्धित निकायसँग ती डाटाहरु कहाँ अपलोड भएका छन् भनेर पत्ता लगाउन आवश्यक कदम चाल्न अनुरोध गरेको भायानेटले जनाएको छ । घटना बारे आन्तरिक टोली, साइबर सेक्युरिटी विज्ञद्वारा विस्तृत छानबिन सुरु भइसकेको र ब्यूरोद्वारा सम्भावित प्रभावको समाधान छिटै गरिने पनि भायानेटले जनाएको छ ।

भयानेटले ग्राहकहरुलाई निम्नलिखित सावधानीहरु तुरुन्तै अपनाउनको लागि अनुरोध गरेको छ ।

–कुनै पनि नचिनेको नम्बरबाट आएको कल र एसएमएसको जवाफ नदिने र गैर–प्रमाणित एवं शंकास्पत इमेल नखोल्ने । साथै व्यक्तिगत जानकारी यस्ता श्रोतहरुलाई नदिने ।

–भायानेटबाट कल आयो भने आएको कल भायानेटकै ९८०१०४६४१०, ०१–५९७०४४४ वा ०१४२१७५५५ आधिकारिक नम्बरहरुबाट आएको सुनिश्चित गर्ने । ग्राहकहरुलाई यी नम्बरहरु सेभ गर्न भयानेटले अनुरोध गरेको छ ता कि कल वास्तव मै भायानेटबाट आए–नआएको सजिलै चिन्न सकिने छ ।

–भायानेटबाट कुनै पनि इमेलहरु आएको छ भने कृपया उक्त इमेल @vianet.com.np डोमेनबाट आए–नआएको सुनिश्चित गर्ने ।
–यदि कुनै पनि समस्या परेमा निम्न माध्यमबाट सम्पर्क गर्न पनि भायानेटले अनुरोध गरेको छ ।
-कल सेन्टरः ०१–५९७०४४४, ९८०१०४६४१०
-फेसबुक च्याट सपोर्टः fb.com/vianetnepal
-ईमेलः[email protected]

विज्ञप्तीमा भनिएको छ, ‘आपराधिक क्रियाकलापको कारण ग्राहकहरुलाई परेको चिन्ता र असुविधाको लागि भित्रैदेखि व्यक्त गरेको क्षमालाई कृपया स्वीकार गर्नुहोस् । हामी यस अवस्थाको गम्भीरतालाई राम्ररी बुभ्mछौं र यसको जडसम्म पुग्न र सबै कुरा ठीक गर्नको लागि निरन्तर लागिपरेका छौं । यस सम्बन्धी कुनै पनि महत्वपूर्ण सुधार भएमा वा जानकारी प्राप्त भएमा हामी अपडेट गर्नेछौं ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप