शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशबाट फर्केका सबैलाई एकान्तबासः औषधि र सुरक्षा भत्ता घरघरमै

बिहीबार, २७ चैत २०७६, १२ : २४
बिहीबार, २७ चैत २०७६

–राजकुमार पराजुली 
काभ्रे । विदेशबाट हालसम्म  घर फर्किएका सबैको  स्वास्थ्य परीक्षण गरी एकान्तवास (होम क्वारेन्टाइन) मा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार माघ महिनायता ४५१ जना विदेशबाट घर फर्किएकोे छन् । यसमध्ये चैत महिनामा मात्रै २५१ विदेशबाट घर फर्किएको पाइएको कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए । उनले भने, ‘घर फर्केका सबैको स्वास्थ्य परीक्षण गरी होम क्वारेन्टाइनमै बसाइएको छ, उनीहरुको स्थानीय स्वास्थ्यकर्मीले निगरानी गरिरहेका छन् ।’

कोरोना भाइरस , (कोभिड—१९) को जोखिम हुन नदिन यहाँका स्थानीय तहले विदेशबाट आएका सबैलाई सम्पर्कमा ल्याएका हुन् । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई आफ्ना क्षेत्रमा विदेशबाट घर फर्केकाको विवरण सङ्कलन गर्न चैत दास्रो साता पत्राचार गरेपछि पहिचान गर्न थालिएको हो । ‘कोराना भाइरसको जोखिम बढ्दै गएपछि चैत महिनामा विदेशबाट अधिकांश घर फर्किएको पाइएको छ’, प्रमुख डा.झाले भने ।
 
यसअघि मण्डनदेउपुर नगरपालिकामा विदेशबाट फर्किएका आठलाई क्वारेन्टाइनमा राखिएकोमा सातलाई १४ दिनका बसाइँपछि स्वास्थ्य जाँच गरी घर फर्काइएको नगर उपप्रमुख निर्मला शाहीले जानकारी दिए । ‘बाँकी एक पुरुषको आज वा भोलि स्वास्थ्य जाँच गरी घर फर्काइनेछ’, उनले भने । यसपछि यहाँका सबै क्वारेन्टाइन खाली हुनेछ ।

यसैबीच, स्थानीय तहले हालसम्म २८८ श्ययाको क्वारेन्टाइन व्यवस्थित गरेका छन् । ती मध्ये धुलिखेल नपामा ६५, बनेपा नपामा ५०, पनौती नपामा १०, नमोबुद्ध नपामा १८, पाँचखाल नपामा ११ श्यया तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा चार र खानीखोला गाउँपालिकामा १५ श्ययाको क्वारेन्टाइन व्यवस्थित गरिएको हो । काभ्रेपलाञ्चोकमा ६ नपा र सात गाउँपालिका छन् । धुलिखेल अस्पतालमा आठ र बनेपास्थित शीर मेमारियल अस्पतालमा पाँच श्ययाको आइसोलेसन कक्ष व्यवस्थित गरिएको छ । धुलिखेलमा हालसम्म ओइसोलेसनमा राखी कोरोना भाइरस परीक्षण गरिएका १७ सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

विदेशबाट फर्किएर सम्पर्कमा आएकाको हालसम्मको प्रारम्भिक स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए । जिल्लामा २७ देशबाट घर फर्किएको पाइएको हो भने भारतपछि दुबईबाट फर्कनेको सङ्ख्या अधिक रहेको देखिन्छ । 

घरमै औषधि र सुरक्षा भत्ता
नमोबुद्ध नगरपालिकाले आफ्ना क्षेत्रमा रहेका दीर्घरोगीलाई घरमै निःशुल्क औषधी पु¥याउन थालेको छ । ‘लकडाउन’का कारण स्थानीय दीर्घरोगीले औषधी उपलब्ध गराउन नसकेक्ने भएपछि नगरले उनीहरुको घरमै औषधी पु¥याउन थालेको हो । 

नियमित औषधी सेवन गर्दै आएका दीर्घरोगीको स्वास्थ्य अवस्था थप नबिग्रियोस् भन्ने उद्देश्यले दीर्घरोगीको घरमै औषधी पु¥याउन थालिएको नगरप्रमुख टीपी शर्माले जानकारी दिए । उनले भने, ‘रोगीलाई चिकित्सकले दिएको प्रेस्क्रिप्शनका आधारमा निःशुल्क औषधी उपलब्ध गराइरहेका छौँ ।’ उनका अनुसार दीर्घ रोगी पहिचान अभियानसँगै औषधी वितरणको काम थालिएको हो । 

नगरले हाल मधुमेय, रक्तचाप, बाथ, छारेरोग तथा मुटुरोगीका विरामीलाई उनीहरुको घरमै औषधी निःशुल्क उपलब्ध थालेको हो । वडाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीले रोगीको विवरण पहिचान गर्दै औषधी वितरण गरिरहेको शर्माले बताए । उनले लकडाउनका कारण समस्यामा परेकालाई सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा फोटो तथा भिडियो राख्न नदिन वडा कार्यालयलाई परिपत्रसमेत गरेका छन् । 

यसैबीच, मण्डनदेउपुर नपा–८ का वडाध्यक्ष झलकप्रसाद पौडेल सामाजिक सुरक्षा–भत्ता वितरण गर्न घरघरमै जान थालेका छन् । लकडानउका कारण जेष्ठ नागरिक, एकल महिला, अशक्त नागरिक वडा कार्यायसम्म सामाजिक सुरक्षा–भत्ता लिन आउन नसक्ने भएकाले उनीहरुको घरघरमै पु¥याउन थालेको पौडेलले बताए । ‘हामी जनताको सेवक हौँ, अप्ठेरो पर्दा सहयोग गर्नु हाम्रो कर्तव्य पनि हो’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप