केन्द्रीय संस्करण

वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन

person explore access_timeचैत २७, २०७६ chat_bubble_outline0
file photo

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि मुलुकभर घोषित लकडाउनको अवस्थामा विभिन्न जिल्लामा वन तथा वन्यजन्तुको हानी नोक्सानी हुन नदिन पत्राचार गरेको छ ।
बुधबार मन्त्रीस्तरीय निर्णयानुसार लकडाउनको अवस्थामा वन तथा वन्यजन्तुको संरक्षणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखेको मन्त्रालयका प्रवक्ता डा.सिन्धुप्रसाद ढुङ्गानाले राससलाई जानकारी दिए ।

संरक्षणका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र समुदाय समेतको थप सक्रियताको आवश्यकता देखिएको बताउँदै उनले राष्ट्रिय वनको संरक्षण तथा व्यवस्थापनका लागि प्रदेश वन निर्देशनालय तथा डिभिजन वन कार्यालयका जनशक्तिको स्थानीय प्रशासनसँग समेत समन्वय गरी थप प्रभावकारी परिचालनका लागि प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई अनुरोध गरिएको जानकारी दिए ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.