सीमापार गर्नेलाई ५ हजार जरिवाना
कोराना भाइरसको जोखिम न्यूनीकरण गर्न म्याग्दी र बागलुङको सीमानामा कडाइ गरिएको छ ।
सिमानामा पर्ने म्याग्दीको मङ्गला गाउँपालिका–५ का वडाध्यक्ष भुपेन्द्र खत्री र बागलुङको ताराखोला गाउँपालिका–४ का वडाध्यक्ष जीतबहादुर खत्रीलगायत स्थानीय जनप्रतिनिधिहरुको संयुक्त बैठकले सीमाबाट आवतजावत गरेको पाइएमा रु पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।
मङ्गला र ताराखोला गाउँपालिकाले दुई वटै स्थानीय तह जोड्ने देउरालीको सिमाना आवतजावत गर्नेलाई क्वारेन्टाइन र रु पाँच हजार जरिवाना गर्ने निर्णय गरेको र सो निर्णय मङ्गलबारदेखि नै कार्यान्वयन गरिएको वडाअध्यक्ष खत्रीले जानकारी दिए ।
बैठकले गोरेटो र मोटरबाटोमा आवतजावत गर्न नदिने, निर्णयको अवज्ञा गरी लुकिछिपी हिँड्नेलाई आफ्नै खर्चमा १४ दिन क्वारेन्टाइनमा बसाउनुका साथै साथै रु पाँच हजार जरिवाना गरिने मङ्गला गाउँपालिकाका योजना शाखाका सिजन रोकाले बताए ।
बागलुङ तर्फबाट विभिन्न नाकाबाट पैदल यात्रामार्फत म्याग्दी प्रवेश भइरहेको गुनासोपछि अनुगमन र निगरानी थालिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीले कार्यकर्तालाई भने, ‘जातका कुरा मनमा नराख्नुहोस्’
-
महोत्तरीको मटिहानीमा आगलागी, ७० घरमा क्षति
-
पानी माग्दै मन्त्रालयमा किसानको धर्ना, ७ दिनको अल्टिमेटम
-
सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा
-
अग्नि सापकोटाविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
-
लुम्बिनीका विना विभागीय ७ मन्त्रीले पाए जिम्मेवारी, कसलाई कुन मन्त्रालय ?