बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चीनमा कोरोनाभाइरसको दोस्रो लहरको जोखिम देखिएको भन्दै राष्ट्रपतिले दिए चेतावनी

बिहीबार, २७ चैत २०७६, ०९ : ११
बिहीबार, २७ चैत २०७६

चीनका राष्ट्रपति सी जिनपिङले संसारभरी कोरोनाभाइरसको महामारी फैलिरहेका बेला चीनमा पनि संक्रमणको दोस्रो लहरको जोखिम रहेको भन्दै चेतावनी दिएका छन् ।

बुधबार पोलिटब्यूरो स्थायी समितिको बैठकमा विश्व अर्थतन्त्रमा बढ्दै गरेको गिरावटका बीच अस्थिर र अनिश्चित कारकमा पनि वृद्धि भएको बताएका छन् ।

चीनमा अहिलेका लागि कोरोनाभाइरस नियन्त्रणमा रहेको जस्तो देखिन्छ । यहाँ नयाँ संक्रमित र मृतकको संख्या पनि कमै देखिएको छ । बुधबार कोरोनाभाइरसको वास्तविक केन्द्रबिन्दु ऊहानमा आधिकारिक रुपमा लकडाउन हटाइएको छ ।

‘चीनमा कामको पुनर्स्थापना र आर्थिक तथा समाजिक विकासका लागि नयाँ कठिनाइ र चुनौतीहरु देखापरेका छन्,’ सिन्ह्वाले सीको भनाई उद्धृत गर्दै लेखेको छ ।

सीले स्थानीय प्रशासनलाई विदेशबाट आएकाहरुप्रति विशेष निगरानी राख्न आग्रह गरेको सिन्ह्वाले बताएको छ ।

Source: https://edition.cnn.com/world/live-news/coronavirus-pandemic-04-09-20/index.html

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप