बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा नागढुंगा–थानकोट–सिस्नेखोला सडकमा ‘ओभर–ले’

बिहीबार, २७ चैत २०७६, ०७ : १३
बिहीबार, २७ चैत २०७६

काठमाडौं – कोरोना भाइरसविरुद्ध मुलुकले लकडाउन गरिरहेका बेला विस्तारै विकास निर्माणका काम पनि सुरु हुने भएका छन् । विशेषगरी सडक पूर्वाधारतर्फ काम थाल्ने सरकारको योजना छ । 

सामान्य समयमा सवारी साधनको बाक्लोे आवागमन हुने थानकोट–नैबिसे सडक लकडाउनमा सवारी नचल्ने हुँदा स्तरोन्नति हुने तय भएको छ ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले दिएको निर्देशनलाई पालना गर्दै थानकोट–नैबिसेलगायत सामान्य समयमा सवारी साधनको बाक्लो आवागमन हुने सडकहरूको कालोपत्रेमाथि कालोपत्रे (ओभर–ले) गरिने भएको छ । 

उनले भने, “उक्त सडक खण्डको ‘ओभर–ले’ तथा स्तरोन्नति गर्नका लागि निर्माण कम्पनीलाई कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले दिएको निर्देशनलाई पालना गर्दै काम अगाडि बढाउन भनिएको छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप