शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाहुर

बिहीबार, २७ चैत २०७६, ०१ : १३
बिहीबार, २७ चैत २०७६


-सुधीर ख्वबि

 

डर
अचानकै  सहरमा ओर्लेपछी
स्यालहरु गाउँ पस्न थालेपछी   
सहरका गल्ली सडकहरू
शून्यताको कब्जा गइसकेपछी ।

सेता वस्त्रहरू
ईश्वरका अवतार भइरहेको बेला
केही दरवारहरु
भुमिगत भएका छन्
र, सहर
आ-आफ्नै घरभित्र कैद भएका छन् ।

ठिक यहिबेला
स्वास्थ्य गन्ति
भ्रष्ट क्यालकुलेटरमा गरिंदैछ
भोकको तस्वीर लुकाउन
राहतको जन्ति
सेल्फीमा नाच्दैछ  ।

यहि मेसोमा
केहि बहुमतहरु
सुनपानी छर्केर चोख्याउँदैछन्
वक्तव्यहरू ।
 
यध्यपि
आधुनिक बधशालाहरूमा
प्रवेश निषेध सुसुचित छ
यो डरको लागि
र त आर्यघाटहरू पनि फुर्सदमा छन् ।

समय खराब चलिरहेको हो त ?
अहँ मान्न तयार छैन, समय आफै पनि
कुहिएको सोचले ग्रष्ट छ यध्यपि
केही मस्तिष्कहरू, यस्तो समयमा पनि  ।
 
र,
समृद्धिको नाममा
पस्किएका छन्  निरन्तर
महंगी र भ्रष्टाचार
यो डरको संङ्घारमा पनि ।

अझ गर्दैछन् खेती झूठको
तल्लिन छ झुक्याउन
केही  बोलीहरू
पाहुरको नाममा अर्थी सजाउन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप