बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली र ओमानका राजकुमार सइदबीच नेपालीहरुको अवस्थाबारे कुराकानी

बिहीबार, २७ चैत २०७६, ०० : १७
बिहीबार, २७ चैत २०७६

काठमाडौं ।  प्रधानमन्त्री केपी ओली र ओमानका राजकुमार शैयद फहाद वीन महमुद अल सइदबीच टेलिफोन टेलिफोन वार्ता भएको छ । आज साँझ प्रधानमन्त्री ओली र शैयदबीच टेलिफोन वार्ता भएको हो । 

टेलिफोन वार्तामा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव र त्यहाँ रहेका नेपालीको अवस्थाबारे छलफल भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् । कोराना महामारीका कारण नेपालीहरुको अवस्थाबारे राजकुमार अल सइदसँग जानकारी लिइएको  र त्यहाँ कार्यरत नेपालीहरूलाई ओमानको सुरक्षा र सहयोग रही रहनेमा उहाँले आफुलाई निश्चिन्त पार्नुभएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप