शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारले खोस्यो निलो नम्बर प्लेटका गाडी

बुधबार, २६ चैत २०७६, २२ : ५०
बुधबार, २६ चैत २०७६

काठमाडौं । उद्योगी तथा महावाणिज्य दूत सुलभ अग्रवाल पक्राउ परेको भोलिपल्टै सरकारले सबै महावाणिज्य दूतहरुलाई  निलो नम्बर प्लेटको गाडी प्रयोग गर्न रोक लगाएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी गराएको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा अबदेखि नेपालका अवैतनिक महावाणिज्य दूतले आफ्नो सवारीमा नीलो नम्बर प्लेट र नेपालको झण्डा प्रयोग गर्न नपाउने जनाएको छ ।

सुलभ नेपालका लागि किर्जिकीस्तानका अवैतनिक दूत समेत हुन् । अग्रवालले जरो नाप्ने थर्मल गन कालोबजारी गर्ने गरेको सूचना पाएलगत्तै प्रहरीले ‘जरुरी पक्राउ पुर्जी’ लिएर मंगलबार नक्सालबाट पक्राउ गरेको थियो । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप