शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार नाघ्यो

बुधबार, २६ चैत २०७६, २२ : ३२
बुधबार, २६ चैत २०७६

लन्डन। बेलायतमा कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ३ सय ५३ पुगेको छ ।

 पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ सय ३६ पुगेपछि यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । बेलायतमा कोरोनाबाट ज्यान  गुमाउनेहरुको संख्या ७ हजार १ सय ३६ पुगेको छ । 
 कोरोना भाइरसको संक्रमणलाईनियन्त्रण गर्न बेलायत सरकारद्वारा जारी टीन हप्ते लकडाउन अर्को हप्ता सोमबारबाट सकिँदैछ । कोरोना भाइरसको संक्रमणबाट पीडित प्रधानमन्त्री बोरिस जोन्सनलाई गत सोमबारदेखिलण्डनस्थित एक अस्पतालको ‘आइसियू’ मा राखिएको छ ।  पछिल्लोजानकारी अनुसार उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । बेलायतमा ६० हजार भन्दा बढी कोरोनाबाट संक्रमित छनभने दैनिक रुपमा ५ हजार भन्दा बढी संक्रमित हुँदै गैरहेका बताइएको छ ।
कोरोनाकै कारण विश्वभरिमा ८५ हजार भन्द बढीको ज्यान गैसकेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप