शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

४ करोड रुपैयाँ नेपाल प्रहरीको तर्फबाट कोरोना राहत कोषमा, कुन तहले कति जम्मा गर्नुपर्छ ?

बुधबार, २६ चैत २०७६, २१ : ५६
बुधबार, २६ चैत २०७६

काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको तीनदेखि सात दिनसम्मको तलब जम्मा गर्न निर्देशन दिएको छ । 
आर्थिक प्रशासनका प्रमुख एसएसपी दीपक थापाद्धारा हस्ताक्षरित पत्रमा प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी महानिरीक्षक (आईजीपी) सम्मको तलबबाट कोषमा जम्मा गर्नुपर्नेछ । 

पत्रमा वैशाख महिनाको तलबाट कोषमा रकम जम्मा गर्ने भनिएको छ । जम्मा गरिएको रकमको भौचर प्रतिलिपि प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरी वा प्र्देश प्रहरी कार्यालयमा संकलन गरी आर्थिक महाशाखामा बुझाउन पत्रमा भनिएको छ । 

पत्रमा प्रहरी महानिरीक्षक (आईजीपी) र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), प्रहरी नायब महानिरीक्षक (डीआईजी) र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) ले सात दिनको तलब कट्टा गरी कोषमा जम्मा गर्नुपर्ने भनिएको छ । 

त्यस्तै प्रहरी उपरीक्षक (एसपी), प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक –इन्सपेक्टर) ले पाँच दिनको तलब कट्टा गरी कोषमा दाखिला गर्नुपर्ने भनिएकेृ छ ।

यता प्रहरी नायब निरीक्षक (सई) र प्रहरी सहायक निरीक्षक (असई) ले तीन दिनको तलब कट्टा गरी कोषमा जम्मा गर्नुपर्ने प्रहरी हेर्डक्वार्टरको निर्देशन छ ।

कसको कति काटिन्छ तलब ?
पत्रका अनुसार आईजीपीको एक दिनको तलब २,०२३ रुपैयाँ छ । आईजीपीको सात दिनको तलब कट्टा गर्दा १४ हजार १६१ रुपैयाँ कोषमा जम्मा हुनेछ । त्यस्तै एआईजीको एक दिनको तलब १४ हजार १६१ रुपैयाँ नै कोषमा जम्मा हुनेछ । 

डीआईजीको एक दिनको तलब १७ सय रुपैयाँ छ । सात दिनको तलब तलब कट्टा गर्दा ११ हजार ९०० रुपैयाँ कोषमा जम्मा हुन्छ । यस्तै एसएसपीको एक दिनको तलब १५ सय ७९ रुपैयाँ छ । सात दिनको तलब कट्टा गर्दा ११ हजार ५३ रुपैयाँ कोषमा जम्मा हुनेछ । 

यस्तै एसपीको एक दिनको तलब पत्रका अनुसार १ हजार ४४९ रुपैयाँ छ । पाँच दिनको तलब कट्टा गर्दा ७ हजार २४५ रुपैयाँ कोषमा जम्मा हुनेछ । डीएसपीको एक दिनको तलब १ हजार ३४६ रुपैयाँ छ । जसमा पाँच दिनको तलब कट्टा गर्दा ६ हजार रुपैयाँ कोषमा जम्मा हुन्छ । 

यस्तै इन्सपेक्टरको प्रति दिनको तलब १ हजार २०० रुपैयाँ छ । जसमध्ये पाँच दिनको तलब बट्टा गर्दा ६ हजार रुपैयाँ कोषमा जम्मा हुन्छ । 

यस्तै सईको एक दिनको तलब ९४० र असईको ८८६ रुपैयाँ छ । सईको तीन दिनको तलब कट्टा गर्दा २ हजार ८२० रुपैयाँ र असईको तीन दिनको तलब कट्टा गर्दा २ हजार ६५८ रुप्पैया कोषमा जम्मा हुन आउँछ । 
नेपाल प्रहरीका सिनियरदेखि जुनियर प्रहरी अधिकृतबाट ४ करोड १८ लाख २३ हजार २२१ रुपैयाँ कोषमा जम्मा हुन आउँछ । 

तालिकामा हेर्नुहोस् 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप