शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल क्लियरिङ्ग हाउसबाट संचालित एनसीएचएल–इसीसी र एनसीएचएल–आइपीएस भुक्तानीको समय थप

बुधबार, २६ चैत २०७६, २० : ३७
बुधबार, २६ चैत २०७६

काठमाडौं– नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबाट सञ्चालनमा रहेका प्रणालीहरु मध्ये ईलेक्ट्रोनिक चेक क्लियरिङ्ग (एनसीएचएल–इसीसी) र अन्तर बैंक भुक्तानी प्रणाली (एनसीएचएल–आइपीएस)मा विहीबार देखि लकडाउन पूर्वको अवस्था बमोजिमको समयसम्म क्लियरिङ्ग र सेटल्मेन्ट हुने भएको छ । 

सोही व्यवस्था अनुसार एनएचसीएल–इसीसीको रेगुलर सेसनमा दिनको १:३० बजे सम्म जम्मा गरिएका चेकहरु र एनसीएचएल–आइपीएसमा दिनको १:०० सम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा फर्छौट हुने छन् । उक्त समय सीमा पछी प्रणालीमा आएका कारोबारहरु अर्को दिनमा फर्छौट हुने व्यवस्था रहेको छ । 

हालको लकडाउनको अवस्थामा बैंक वित्तिय संस्थाहरुका सीमित शाखाहरुबाट मात्र कारोबार हुँदै आएको र ग्राहकहरुलाई शाखासम्म पुग्न समेत अप्ठेरो भएकोले, लकडाउनको दोस्रो हप्तासम्म एनएचसीएल–इसीसी र एनसीएचएल–आइपीएस मार्फत् प्रत्येक दिन ११:३० बजे सम्म प्राप्त भएका कारोबारको मात्र सोही दिनमा क्लियरिङ्ग हुँदै आएको थियो ।

चैत्र मसान्तमा अत्यावश्यक सेवा सुविधा अन्तर्गतका भुक्तानीहरुको चाप अधिक हुने हुँदा लकडाउनको तेस्रो हफ्ताको लागि क्लियरिङ्ग र सेटल्मेन्टको समय परिवर्तन गरिएको हो । कर्मचारीहरुको तलब भत्ता, सरकारी भुक्तानीहरु, सप्लायर/पार्टी पेमेन्टहरु, कस्टमर फण्ड ट्रान्स्फर लगायतका  भुक्तानीहरु चैत्र मसान्तमा अधिक मात्रामा हुने गर्दछन् ।

एनसीएचएलको कनेकट आइपीएसबाट भने साविक बमोजिम चौबिसै घण्टा यसको मोबाइल एप्स, वेबसाइट अथवा बैंक वित्तिय संस्थाका मोबाइल र इन्टरनेट बैंकिङ्गबाट कारोबार गर्न सकिन्छ ।

लकडाउनको दौरान एनसीएचएलले पहिलो र दोस्रो हफ्तामा क्रमश १८.६ अर्ब र ३५.६ अर्ब बराबरको कारोबार फर्छौट गरेको छ । एनसीएचएलले हाल एनएचसीएल–इसीसी, एनसीएचएल–आइपीएस, कनेक्ट आइपीएस, कनेक्ट आरटीजीएस र एनपीआई गरी पाँचवटा राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन गर्दै आएको छ, जसमा नेपाल राष्ट्र बैंक लगायत प्राय सबै बैंक वित्तिय संस्थाहरु आबद्ध छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप