बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँका चार पालिकामा तारामण्डलद्वारा राहत सामग्री हस्तान्तरण

बुधबार, २६ चैत २०७६, २० : २९
बुधबार, २६ चैत २०७६

काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै तारामण्डल महिला सशक्तीकरण अभियानले खाद्यान्न समस्या भएका गरिब र विपन्न परिवारका लागि राहत सामग्री वितरण गरेको छ । 

काठमाडौँ महानगरपालिकासहित बुढानीलकण्ठ, कीर्तिपुर तथा टोखा नगरपालिकाका अति विपन्न, असहाय र मजदुरका परिवारलाई केन्द्रित गर्दै तारामण्डलले  १२ हजार केजी राहत सामग्री हस्तान्तरण गरेको हो ।

महानगरपालिका तथा नगरपालिकाका वडा–वडाबाट आएको तथ्याङ्कको आधारमा वडा कार्यालयकै सहयोगमा उक्त स्थानमा राहत सहयोग उपलब्ध गराइने भएको हो ।

साथै संस्थाले नागार्जुन नगरपालिका वडा नं. ५ र कागेश्वरीमनोहरा नगरपालिका वडा नं. ४ मा समेत राहतको सामाग्री उपलब्ध गराएको हो । सहयोगमा चामल, दाललगायतका सामाग्री उपलब्ध गराइएको संस्थाकी अध्यक्ष कुन्ती पोखरेलले जानकारी दिइन् ।

उनले भनिन् ‘तरामण्डल महिलाहरूको हक हितका लागि लड्ने र उनीहरूलाई जीवनयापन सहज पार्ने सहयोग गर्ने संस्था हो । तर यस्तो विपतको घडीमा हामीले ज्यालामजदुरी गर्ने तथाआर्थिक अवस्था कमजोर भएकाहरूलाई सहयोग गरेका हौँ । हामीले मङ्गलवार मात्र विभिन्न बाल तथा बृद्ध आश्रम र बाहिरबाट भविष्य उज्ज्वल बनाउन यस क्षेत्रमा आएका विभिन्न विद्याथीहरुलाई पनि खाद्यन उपलब्ध गराएका छौँ ।’

काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले काठमाडौँ महानगपालीकामा बसोबास गर्ने स्थानीय तथा बाहिरबाट आएका ज्यालामजदुरी गर्ने, आर्थिक अवस्थाकमजोर भएकाहरूलाई महानगरले भोकै पर्ने नदिने बताएका छन् ।

उनले भने, ‘धैर्य गर्नुहोस् तपाइहरू कसैलाई भोकै पर्न दिने छौनौं । महानगर तपाईँहरूको साथमा छ ।’ त्यस्तै बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेलले बुढानीलकण्ठ नगरपालिकामा जनसङ्ख्या अरूको तुलनामा ज्यादा भएकाले पनि उक्त क्षेत्रमा राहत वितरणको कार्य चुनौतीपूर्ण भएको बताएका छन् ।

उनले भने, ‘हामी पूर्ण रूपमातयारी गरेर मात्र राहतवितरण गर्छौ । अभर नै परेका चुलो नै निभेकाहरूलाई भने हामीले सामग्री हस्तान्तरण गरिसकेका छौँ ।’

कीर्तिपुर नगरपालिकामा विद्यार्थीहरुको सङ्ख्या ज्यादा रहेको बताउँदै मेयर रमेश महर्जनले भने, ‘कीर्तिपुर क्षेत्रमा विद्यार्थीहरूको पहुँच बढी भएकाले पनि यस क्षेत्रमा ज्यादा राहतको माग रहेको छ । हामी कहाँ देश भरिका विद्यार्थीहरू रहेका छन् । विशेष गरी हुम्ला, जुम्ला, कालिकोट देखिका विद्यार्थीहरूमा लकडाउनको प्रभाव रहेको छ । हिजो मात्रहामीले उनीहरूलाई खाद्यान्न सामग्री उपलब्ध गरायौ । बिहीबारबाट नगरभरी राहत सामाग्री वितरण गर्ने योजना रहेको छ ।’

त्यस्तै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी कोही पनि मानिस लकडाउनको मारमा पर्न नहुने भन्दै भने ‘यस नगर काठमाडौँ महानगरको नजिक भएकाले पनि यहाँ बस्ती घन छ । यहाँ हामी जनप्रतीनीध रहुनजेल तपाईँहरू भोक भोकै रहनु पर्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप