मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा दमकद्वारा राहत र कोरोना रोकथामलाई ८ लाख हस्तान्तरण

बुधबार, २६ चैत २०७६, १९ : २४
बुधबार, २६ चैत २०७६

झापाको  जिल्लाको दमक नगरपालिकामा आज सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को  नगर कमिटीले कोरोना रोकथाम एवम् विपन्न समुदायलाई राहतका लागि  गठित नगर समन्वय समितिलाई  रु  ८ लाख  नगद हस्तान्तरण गरेको छ।

आज दमक नगरपालिकामा आयोजित संक्षिप्त हस्तान्तरण समारोहमा नगर प्रमुख रोमनाथ ओलीलाई नेकपा दमक नगर कमिटीका अध्यक्ष वोधप्रसाद घिमिरेले नगर कमिटीको तर्फवाट नगद रु ३ लाख एक हजार हस्तान्तरण गरेका हुन् ।   वांकी ५ लाख रुपैयाँ  नेकपाको दमक नगर कमिटी अन्तर्गत नगरका दशवटा वडा कमिटीको तर्फबाट केही दिनमै हस्तान्तरण गरिने नगर सचिव तिर्थराज बस्नेत  (शंकर) ले वताए । 

दमक नगरपालिकाको  कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गठित नगर समन्वय समिति कोरोना रोकथाम र विपन्न समुदायको राहतको लागि अहोरात्र क्रियाशील रहेको नगर उपप्रमुख एवम् प्रवक्ता गीता अधिकारीले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप