बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा अस्पतालले बिरामीलाई हेर्न मानेन, कुरुवामाथि प्रहरी र कर्मचारीद्वारा दुर्व्यवहार

बुधबार, २६ चैत २०७६, १९ : १३
बुधबार, २६ चैत २०७६

जनकपुर । ज्वरो आएर अस्पताल पुगेका एक बिरामीलाई प्रहरीले दुर्व्यबहार गरेका छन् ।  प्रादेशिक अस्पताल जनकपुरको इमर्जेन्सी कक्षमा रहेका एक प्रहरी जवानले बिरामीमापथ दुव्र्यवहार गरेका हुन् ।बुधबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ बस्ने निलकमल ठाकुर पत्नीलाई ज्वरो आएपछि  अस्पतालको इमर्जेन्सी कक्षमा जाँदै थिए । सोही बेला गेटमा खटिएका प्रहरी आलोककुमार सिंहले आफुमाथि हातपात गरेको दुःखेसो पोखे । प्रहरी जवान सिंहले आफुमाथि गालीगलौज गर्दै लातीले हानेको समेत उनले सुनाए ।

प्रहरीले लातीले हानेर इमर्जेन्सी कक्षको ढोकाबाट भगाएको पीडित ठाकुरले आरोप लगाएका छन् । ‘पत्नीलाई ज्वरो आएकोले उपचारका लागि अस्पतालमा आएको थिए, ज्वरो आएको कुरा सुनाउँदा कर्मचारीले बेवास्ता गरे, त्यही कुरा प्रहरीलाई सुनाउँदा उनले उल्टै आफुलाई लात्तीले हिर्काउदैँ ढोकाबाट बाहिर निकाले’ उनले भने ।

आफुमाथि कुटपिट गरेको आरोप लगाउदैँ प्रहरीमाथि कारवाही गर्न उनले माग गरे । ठाकुरले पत्नी लक्ष्मी ठाकुरलाई मंगलबार राती अचानक ज्वरो आएपछि बुधबार प्रादेशिक अस्पताल जनकपुरमा चेकजाँचका लागि पुर्याएका थिए । उनले भने– ‘राती एकाएक १ सय ३ डिग्री ज्वरो आएपछि पत्नीलाई आज अस्पताल ल्याउँदै थिए, तर अस्तालको गेटमा मात्रै के पुगेको थिए गेटबाटै एकजना कर्मचारीले यहाँबाट चुप लागेर जानुस् भन्दै हप्काए ।’ उनले भने– ‘त्यसपछि पत्नीलाई लिएर डा.विजयकुमार सिंहको हस्पिटलमा गए तर त्यहाँ पनि उपचार हुँदैन भनेर फर्काइयो ।’ उनले दुखेसो पोख्दै भने– ‘हामी त्यहाँ गयौँ, तर डाक्टर हुनुहुन्न् उपचार हुँदैन भनेर फर्काइयो ।’ डा.विजयकुमार सिंह प्रदेश नम्बर २ को सरकारले कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणका गर्ने उद्देश्यले गठित विज्ञ समूहका सदस्य हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप