बिस्केट जात्राको सम्बन्धमा भक्तपुर नगरपालिकाको यस्तो निर्णय
भक्तपुर । भक्तपुर नगरपालिकाले यस वर्षको बिस्का (बिस्केट) जात्रालाई औपचारिकतामा सीमित गर्ने निर्णय गरेको छ । बुधबार बिस्का जात्रासँग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुको बैठकले यस वर्षको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा पनि लक डाउनकै अवधिमा पर्न आएको हुँदा यसलाई औपचारिक पुजाआजामै सीमित गर्ने निर्णय गरेको हो ।
जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी बैठकले परम्परादेखि चलिआएको बिस्का जात्रालाई औपचारिक पुजाआजामा मात्रै सीमित गर्ने गरेको निर्णयलाई बैठकले उपयुक्त ठहर गरेको छ । भैरवनाथ जात्रा, लिड्डो उभ्याउने, टोल टोलमा हुने ब्रम्हायणी, माहेश्वरी, इन्द्रायणी, छुमा गणेश, बाराही जात्रालगायतका सम्पूर्ण जात्राहरु देवतालाई बाहिर ननिकाली देवता घर (द्योछें) मै सामान्य पुजाआजामा मात्रै सीमित राख्ने निर्णय गरेको छ ।
बैठकमा उपस्थित विभिन्न गुठी नाइके तथा प्रतिनिधिहरुले बिस्का जात्रालाई हुलहुज्जत नहुने गरी औपचारिक पुजाआजामा मात्र सीमित गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । नगर प्रमुख सुनिल प्रजापतिले नगरबासीलाई जात्राको समयमा सम्भावित जोखिमबाट बच्न सबैजना घरभित्रै सुरक्षित रहन आग्रह गरेका छन् ।
बैठकमा भक्तपुर जिल्लाका प्रजिअ हुमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधान, गुठीलगायतका गुठी नाइके तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सरकारले कोरोना भाइरसको सम्भावित जोखिम कम गर्न चैत्र ११ गतेदेखि २०७७ वैशाख ३ गतेसम्म कुनै पनि नागरिक अति आवश्यक काममा बाहेक घरबार ननिस्कन लक डाउन घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु