शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डेरामा बस्ने विद्यार्थीलाई उच्च प्राथमिकतामा राखेर राहत वितरण गर्न नेविसंघको माग

बुधबार, २६ चैत २०७६, १८ : २६
बुधबार, २६ चैत २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले देश तथा विदेशमा समस्यामा परेका विद्यार्थी सरकार भएको अनुभूति दिलाउन माग गरेको छ ।

बुधबार नेविसंघका अध्यक्ष राजीव ढुंगानाले प्रेस विज्ञप्ति जारी गरी कोरोना भाइरसको महामारीले पढाइको क्रममा देश तथा विदेशमा रहेका विद्यार्थीमा पर्न गएको अप्ठ्यारोप्रति सकारको ध्यानाकर्षण गराएका हुन् ।

देशभरी पढाइका क्रमा डेरा लिएर बसेका र विपतमा घर जना नपाएर डेरामै रहेका विद्यार्थीलाई उच्च प्राथमिकतामा राखेर राहत वितरण गर्नुपर्ने नेविसंघको माग छ । 

विदेशमा अध्यायन गर्दै गरेका विद्यार्थीलाई पर्न गएको समास्याबारे सम्बन्धित देशमा रहेका नेपाली दूतावासमार्फत आवश्यक सहयोग गरेर सरकार रहेको प्रत्याभूति दिलाउन विज्ञप्तिमा भनिएको छ ।

यस्तै देश तथा विदेशमा रहेका नेविसंघ मातहतमा इकाइहरु र नेविसंघमा आवद्ध नेता कार्यकर्तालाई विद्यार्थी र जनसमुदायकोे दुःखमा सहयोग गर्न अध्यक्ष ढुंगानाले आग्रह गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप