प्रेस ज्याकेट हस्तान्तरण
बुधबार, २६ चैत २०७६, १८ : ०६
ललितपुर। नेकपाका नेताले उपत्यकाभित्रका पत्रकारलाई प्रेस ज्याकेट, मास्क र स्यानेटाइजर हस्तान्तरण गरेका छन् ।
आज नेकपा प्रदेश कमिटी सदस्य शिवप्रसाद कट्टेल र नेकपा ललितपुरका कार्यालय सदस्य सरोज डंगोलले काठमाडौं, ललितपुर र भक्तपुरका प्रेस संगठन नेपाललाई तीनसय सेट हस्तान्तरण गरेका हुन् ।
देश लकडाउन भएको र पत्रकारहरु फ्रन्टलाइनमा बसेर रिपोटिङ गर्न अप्ठ्यारो भएको महसुस गरेकोले ज्याकेट लगायतका सामग्री हस्तान्तरण गरेको नेता शिव प्रसाद कट्टेलले बताए ।
पत्रकारलाई आवश्य भएको ज्याकेट लगायतका सामग्री प्रदान गरेकोले आफूलाई थप जिम्मेवारी महसुस भएको प्रेस संगठन नेपाल काठमाडौंका अध्यक्ष सागर पन्तले बताए ।
सो अवसरमा प्रेस संगठन नेपाल ललितपुर, काठमाडौं, भक्तपुरको संयोजक, सहसंयोजक, प्रदेश समिति सदस्य प्रकृति नेपालको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
-
भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै
-
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा
-
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौँमा
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गर्छौं : मन्त्री भण्डारी