बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नोबेल अस्पतालका संचालक शर्माद्वारा पथरी शनिश्चरेको कोरोना कोषमा १ लाख ११ हजार सहयोग

बुधबार, २६ चैत २०७६, १७ : ५७
बुधबार, २६ चैत २०७६

बिराटनगर– नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोनाभाइरस संक्रमण रोकथामका लागि १ लाख ११ हजार रुपैंया सहयोग गरेका छन् । 

निरन्तर समाजसेवामा सक्रिय रहँदै आएका डा.शर्माले मोरङको पथरी शनिश्चरे नगरपालिकाको कोरोना रोकथाम कोषमा जम्मा हुने गरी रकम प्रदान गरेका हुन् । बिराटनगर स्थित आफ्नै निवासमा डा.शर्माले बुधबार पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईलाई नगद हस्तान्तरण गरेका छन् । 

पथरी शनिश्चरे नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद धमला, स्वास्थ्य संयोजक मुरारी आचार्यसहितको उपस्थितीमा रकम हस्तान्तरण गरिएको हो । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले रोकथाममा सहयोग पुर्याउन रकम प्रदान गरेको डा.शर्माले बताए । 

‘यो महामारीका बेला कोरोना भाईरसको संक्रमण रोकथामका लागि हामीले अस्पतालबाट २४ सै घण्टा सेवा उपलब्ध गराएर सक्दो भूमिका निर्वाह गरिरहेका छौं । नगरस्तरमा पनि सहयोग गरौं भनेर रकम प्रदान गरेको हुँ ।’ डा.शर्माले भने । 

डा.शर्माले यसअघि पनि गरिब, बिपन्न र उपचार नपाएका बिरामीहरुलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् । उनले त्यस्ता हजारौं बिरामीलाई निःशुल्क उपचार गराएका छन् । कोरोना संक्रमण रोकथामका लागि पनि डा.शर्माले भूमिका निर्वाह गर्दै आएका छन् । 

निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सबैभन्दा ठूलो अस्पताल नोबेललाई कोरोना उपचार केन्द्र बनाउँन दिने घोषणा गरेर डा.शर्माले सरकारलाई लिखित पत्रसमेत पठाएका छन् ।कोरोना संक्रमण रोकथामकै लागि डा.शर्माले पूर्वी नेपालमै पहिलो पटक अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था पनि मिलाएका छन् । 

उनले कोरोनाको संभावित महामारीबाट बच्न सर्वदलिय संयन्त्र निर्माण गर्नुपर्ने र स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाउँनुपर्ने आवाज पनि उठाउँदै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप