बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रभु साहले वितरण गरे स्वास्थ सामग्री

बुधबार, २६ चैत २०७६, १७ : ०६
बुधबार, २६ चैत २०७६

रौतहट । नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले रौतहटका स्थानीय तहमा स्वास्थ सामग्री प्रदान गरेका छन् । कोरोना भाईरसका शंकास्पद बिरामी तथा उपचारमा संलग्न चिकित्सकहरका लागि अध्यक्ष साहले स्वास्थ सामग्री प्रदान गरेका हुन् । रौतहट क्षेत्र ३ अन्तरगत विभिन्न ६ वटा स्थानीयतहलाई सांसद साहको पहलमा स्वास्थ सामग्री वितरण गरिएको हो । बुधबार साहकी श्रीमती रिनाकुमारीले फतुवा बिजयपुर, गुजरा, गरुडा नपाद्वारा सञ्चालित क्वारेन्टाइनहरुमा एन ९५ मास्क ५० थान, पिपिई सेट २ थान, सर्जिकल मास्क १ हजार थान, सेनेटाईजर १० लिटर हस्तान्तरण गरेकी छिन् ।

मौलापुरकी नगर प्रमुख समेत रहेकी साहले क्वारेन्टाइनमा कुनै पनि स्वास्थ सामग्रीको अभाव हुन नदिने प्रतिबद्धता जनाएकी छिन् ।  निर्वाचन क्षेत्र ३ अन्तरगतको कटहरिया, देवाही गोनाही र मौलापुर नगरपालिकामा भोली स्वास्थ्य सामग्री वितरण गरिने सांसद साहले जानकारी दिए । पहिलो चरणमा क्षेत्र ३ मा र पछि जिल्लाका सबै स्थानीय तहमा स्वास्थ सामग्री वितरणको योजना रहेको समेत उनले बताए । संटकमा वर्तमान अवस्थामा सबैले आ आफ्नो स्थानबाट सहयोग गर्न सांसद साहले अनुरोध गरे ।

रौतहटको विभिन्न स्थानीय तहद्वारा २७ स्थानमा निर्माण गरेको क्वारेन्टाइनमा ८ सय ६४ बेड र २५ वटा आईसोलेसन कक्ष रहेको रौतहटका सिडिओ बासुदेव घिमिरेले जानकारी दिए । क्वारेन्टाइनमा  २ सय ३६ जना शंकास्पद बिरामी रहेका छन । बिरामी मध्ये १३ जना निको भएर घर फर्कीसकेका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप