बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या ४ लाख नजिक, मृत्यु हुनेको संख्या १३ हजार

बुधबार, २६ चैत २०७६, १६ : ३५
बुधबार, २६ चैत २०७६

अमेरिकामा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमितको संख्या ३ लाख ९९ हजार ९२९ जना पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार हालसम्म १२ हजार ९११ जनाले ज्यान गुमाएका छन् ।

यसमा सबै ५० राज्य, द डिस्ट्रिक्ट अफ कोलम्बिया र अन्य अमेरिकी क्षेत्रहरु समावेश रहेका छन् । हालसम्म वायोमिङमा मात्र कुनै कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छैन ।

मंगलबार मात्र अमेरिकामा एकै दिनमा अहिलेसम्म कै सबैभन्दा बढीको मृत्यु भएको थियो ।

स्रोत : सीएनएन लाइभ अपडेट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप