मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट ल्याएर केरा बिक्री गर्ने पसल सिलबन्दी

बुधबार, २६ चैत २०७६, १५ : ३८
बुधबार, २६ चैत २०७६

घोराही । स्थानीय जनप्रतिनिधिले भारतबाट केरा ल्याएर बेच्ने दाङको घोराहीका एक व्यवसायीको केरा पसलमा सिल गरेका छन् । 

घोराही–१५ का वडाअध्यक्ष रमेश पाण्डे, घोराही–१४ का वडाअध्यक्ष शक्तिराम डाँगी, वडा प्रहरी कार्यालय घोराहीका प्रमुख दिनेश रिमाल, जिल्ला ट्राफिक प्रमुख प्रेम रेग्मीको रोहबरमा भारतको भोपालबाट केरा ल्याएर बेच्ने केरा पसलमा सिल गरेका हुन् । 

भारतको भोपालबाट स्थानीय व्यापारी भरत विकले मगाएको एक गाडी केरा आफ्नो पसलमा राख्ने क्रममा फेला पारेपछि बिकको केरा पसल सिल गरिएको प्रहरीले जनाएको छ । 

दाङ जिल्ला उवासंघ, स्थानीय जनप्रतिनिधि, वडा प्रहरी कार्यालयको रोहबरमा भारतबाट ल्याइएको केरा रहेको पसल सिल गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले बताए । 

भारतको महाराष्ट्रमा कोरोनाको संक्रमण बढिरहेको बेला यहाँका जनप्रतिनिधि, प्रहरी, दाङ उवासंघ मिलेर पसलमा ताल लगाएका हुन् । 

पसल सिल गर्नुअघि उवासंघको बैठकमा जनप्रतिनिधिसहित स्थानीय प्रहरी प्रशासनको संयुक्त बैठक बसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप