शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोदावरी नगरपालिका–१० का वडाअध्यक्ष हतियारसहित पक्राउ

बुधबार, २६ चैत २०७६, १४ : २७
बुधबार, २६ चैत २०७६

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–१० का वडाअध्यक्ष हतियारसहित पक्राउ परेका छन् । दुई थान हतियार र ८२ हजार नगदसहित वडाअध्यक्ष रवीन्द्र शाही गड्डु पक्राउ परेका हुन् । 

कञ्चनपुरको कृष्णपुर नगरपालिका– ४ र ५ को सीमानजिकै रोकिराखेको डीएल ३ सीसीआर ३९९७ भारतीय नम्बरको टोयोटा फरच्युन गाडीमा दुई थान बन्दुकसहित शाही पक्राउ परेका हुन् । 

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरी कञ्चनपुरका अनुसार शाहीको साथबाट प्वाइन्ट टुटु एलआर एक थान, त्यसमा लाग्ने गोली १४ थान तथा एयर गन १ थान र त्यसको छर्रा १९६ थान बरामद भएको छ । 

कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर साउदले सो गाडीबाट नेपाली १ हजार दरका ७१ हजार र ५ सयको नोट ५ हजार ५ सय रुपैयाँ समेत बरामद भएको जानकारी दिए । 

त्यस्तै मेगा बैंकको एटीएम कार्ड एउटा, हिमालयन बैंकको एटीएम कार्ड एउटा, एनआईसी एसिया बैंकको एटीएम कार्ड २ वटा, गरिमा विकास बैंकको एटीएम कार्ड एउटा, आर इन्डियन बैंकको एटीएम कार्ड समेत बरामद भएको छ । 

पक्राउ परेका वडाअध्यक्ष शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप