शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुलभ अग्रवाललाई ७ दिन हिरासतमा राख्न अनुमति

बुधबार, २६ चैत २०७६, १४ : ०९
बुधबार, २६ चैत २०७६

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले कालोबजारी गरेको अभियोगमा पक्राउ परेका सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति दिएको पुष्टि गरे ।  

अग्रवाललाई मङ्गलबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । पक्राउ परेका अग्रवाललाई प्रहरीले बुधवार नै सरकारी वकिल कार्यालयमार्फत म्याद थपका लागि सिडिओ कार्यालयमा पेश गरेको थियो । 

महानगरीय प्रहरी परिसर काठमाडौँले अग्रवाललाई कालोबजारी गरेको कसुरमा न्यायिक हिरासतमा राख्न सिडिओ कार्यालयसँग सात दिनको अनुमति मागेको थियो ।  अग्रवालले जरो नाप्ने थर्मल गन कालोबजारी गर्ने गरेको सूचना पाएलगत्तै प्रहरीले ‘जरुरी पक्राउ पुर्जी’ लिएर मंगलबार नक्सालबाट पक्राउ गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप