बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लकडाउनको पालना गर्न र समाजिक दुरी कायम गर्न देउवाको अपिल

बुधबार, २६ चैत २०७६, १३ : २१
बुधबार, २६ चैत २०७६

काठमाडौं ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न र समाजिक दुरी कायम गर्न अपिल गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले लागू गरेका आदेशहरुको पालना गर्न र समाजिक दुरी कायम गर्न सम्पूर्ण नेपालीहरुलाई अपिल गरेका हुन् ।

मंगलबार न्युज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै देउवाले सीमा पारी अलपत्र परेका नागरिकलाई उद्दार गरी क्वारेन्टाइनमा राख्न समेत सरकारलाई आग्रह गरेका छन् । सरकारलाई पारदर्शी रुपमा स्वास्थ्य सामग्रीको खरिद गर्न र कति दिन लकडाउन गर्नुपर्ने हो त्यसको अध्ययन गरेर अगाडि बढन समेत सरकारलाई अनुरोध गरेका छन् । सरकारले आशङ्का लागेका सबै नागरिकको परीक्षण गर्ने व्यवस्था मिलाउन तत्काल काम गर्नुपर्नेमा उनले जोड दिए । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई समेत उच्च सतर्कता अपनाएर काम गर्न सभापति देउवाले आग्रह गरेका छन् ।

त्यस्तै, नेपाली काँग्रेसका सम्पूर्ण सदस्य एमवम् कार्यकर्ताहरुलाई उच्च सतर्कताका साथ प्रचार प्रसारमा लाग्न र जनतामा सचेतना फैलाउन समेत आग्रह गरेका छन् । राजनीतिक दल सुभेच्छुक संस्थाहरुलाई देहमा भित्रिएको संकटमा एकजुट भएर लाग्न समेत आग्रह गरेका छन् ।

विदेशमा रहेका नेपाली नागरिकहरुलाई उच्च सतर्कताका साथ स्वास्थ्यको ख्याल गर्न समेत सभापति देउवाले अपिल गरेका छन् ।  विदेशमा कोरोना संक्रमणबाट भएको नेपालीहरुको मृत्युप्रति सभापति देउवाले दुःख व्यक्त गरेका छन् । उनले मृतकका परिवारजनमा हार्दिक समवेदना समेत प्रकट गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप