संघीय सांसद आलेले पठाए डोटीमा लाखौंका स्वास्थ्य सामग्री, पाँच ठाउबाट स्वाब परीक्षण
डोटी । संघीय सांसद प्रेमबहादुर आलेमगरले डोटी जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को उपचार तथा नियन्त्रणका लागि खटिने चिकित्सकहरुले प्रयोग गर्ने लाखौँ मुल्य बराबरको स्वास्थ्य सामग्री बुधबार पठाएका छन् ।
जिल्लामा कोरोना नियन्त्रण अभियानमा खटिएका चिकित्सक टोलीलाइ पर्याप्त स्वास्थ्य सामाग्री नहुँदा समस्या भएपछि सांसद आलेले २ सय बोटल सेनिटाइजर, पिपिई एकसय १० थान, गम बुट ३५ जोडी, हेड क्याप हजार थान, ग्लोब्स १२ सय जोडी, र फुट क्यप एक हजार जोडा,मास्क १२ सय थान,साइरेक्स पाउडर ३० बोतल र स्वाव परीक्षण गर्ने भिटिएम ३०५ थान सामग्री प्रमुख जिल्ला अधिकारी टेकनारायाण पौडलमार्फत उपलब्ध गराएका हुन् । बुधबारै ती सामग्रीहरु सम्बन्धित अस्पताल तथा स्वास्थ्य संस्थामा पुग्नेछन् ।
यी सामग्री उपलव्ध भएपछि डोटी जिल्लामा स्वाव परीक्षणका संकलन गरिने छ । राजपुर केन्द्रको पुर्विचौकी गाउँपालिका, केआइसिंह गाउँपालिका र दिसि नगरपालिकाबाट, खत्याडी केन्द्रमा बोगटान फुडसिल गाउँपालिका, विपीनगर केन्द्रमा जोरायल गाउँपालिका र बडिकेदार गाउँपालिका, मौवा केन्द्रमा सायल गाउँपालिका र आदर्श गाउपालिका तथा धुरकोट केन्द्रमा शिखर नगरपालिकाबाट स्वावको नमुना संकलन गरी स्वाब परीक्षण गरिने छ ।
स्वास्थ्य सामग्रीहरु सांसद आलेले व्यक्तिगत लगानीमा हेलिकोप्टरमार्फत जिल्ला पठाएका हुन् । त्यसका लागि उनले विभिन्न मन्त्रालयका साथै सचिवहरुसँग स्वास्थ्य सामग्री जिल्लामा पठाउन आग्रह गरेका थिए ।
बुधबार सामग्री हस्तानतरणपछि सांसद आलेमगरले भारतबाट फर्किएका जिल्लाका क्वारेन्टाइनमा रहेका सबै स्थानीय नागरिकको स्वाव संकलन गर्न सकिने प्रतिकृया दिए ।
उनले जिल्लामा चिकित्सका लागि आवश्यक पर्ने अन्य स्वास्थ्य सामग्री आवश्यक परे क्रमिक रुपमा उपलब्ध गराउन पहल गर्ने बताए । स्वास्थ्य सामग्री बुझ्दैजिल्लामा चिकित्सकहरुलाइ बिरामी चेकजाँच सहित कोरोना नियन्त्रण अभियानमा सहज हुनेजिल्ला स्वास्थ्य कार्यालय डोटीका स्वास्थ्य अधिकृत रमेश मलासीले बताए ।
यसअघि पनि आलेले विभिन्न समस्यामा परेकाहरुलाई आर्थिक सहयोग गर्दै आएका थिए । उनले २०७३ सालदेखि टुहुरा एक बालिका चम्पा पार्कीलाई मासिक ५ हजार रकम प्रदान गर्दै आएका थिए । लकडाउनपछि उनले पार्कीलाई खाना खर्च बापत ५० हजार रुपैयाँ प्रदान गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा