बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानमा ५० बढी डाक्टर पक्राउ

बुधबार, २६ चैत २०७६, १२ : ११
बुधबार, २६ चैत २०७६

पाकिस्तानमा पुलिसले क्वेटामा कम्तीमा ५० जना डाक्टरलाई पक्राउ गरेको छ । यी डाक्टर कोरोनाभाइरसद्वारा संक्रमितहरुको उपचारको क्रममा आवश्यक पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) को कमी भएको भन्दै विरोध प्रदर्शन गरिरहेका थिए ।

पुलिसले डाक्टरको विरोध प्रदर्शनलाई जबर्जस्ती रोक्न कोसिस गरेको आरोप लगाइएको छ । मंगलबार डाक्टरहरु यसको विरोधमा उत्रिएका थिए ।

दक्षिण एशियामा भारत पछि पाकिस्तानमा कोरोनाभाइरसको संक्रमण बढी फैलिएको छ । पाकिस्तानमा अहिलेसम्म कोरोनाभाइरसका ३ हजार ८ सय संक्रमित भेटिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप