तेस्रो केसको जोखिम कायमै, प्रयोग गरेका थिए सार्वजनिक यातायात
बुधबार, २६ चैत २०७६, ०९ : १२
नेपालमा देखिएको कोरोनाको तेस्रो केस धादिङका युवकको हो । उनले भेटेका व्यक्तिहरूको पनि नेगेटिभ रिपोर्ट आएको छ । तर, उनले सार्वजनिक यातायात प्रयोग गरेकाले कन्टाक्ट ट्रेसिङ सकिएको छैन । उनले प्रयोग गरेको ट्याक्सी र बस नै अहिलेसम्म पत्ता लागेको छैन । उनी ६ चैतमा एयर अरेबियाबाट आएका थिए । विमानमा उनी बसेको सिटआसपासका यात्रु पत्ता लगाएर परीक्षणको काम भइरहेको छ ।
ती युवकले अरूलाई सारेको हुन सक्ने र जोखिम कायमै रहेको स्वास्थ्य सेवा विभागका अधिकारी बताउँछन् । लक्षण नदेखिए पनि संक्रमण हुन सक्ने भएकाले क्वारेन्टाइनमा दुई सातामा बसेर पनि थप एक साता घरमा अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय सोमबार मन्त्रिपरिषद्को बैठकले गरेको छ । नयाँ पत्रिकामा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी