बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वर्ल्डलिंकमा फिल्ड सपोर्ट कर्मचारीहरुको आइसोलेटेड समूह

बुधबार, २६ चैत २०७६, ०९ : ०६
बुधबार, २६ चैत २०७६

काठमाडौँ । कोभिड १९ को महामारीमा विश्व समुदायले कठिन परिस्थितिको सामना गरिरहेको बेला नेपालमा पनि यसको फैलावटबाट जेगिनको लागि बुद्धिमतापूर्वक लकडाउनको घोषणा गरिएको छ । यस चुनौतिपूर्ण समयमा भरपर्दो सेवाप्रवाह गर्न नेपालको सबैभन्दा ठूलो ब्रोडव्यान्ड सर्भिस प्रोभाइडर वर्ल्डलिंकले देशभरका प्रत्येक शाखा कार्यालयहरुमा फिल्ड सपोर्टका कर्मचारीहरु रहने गरी आइसोलेटेड समूहको स्थापना गरेको छ ।

महामारीबाट आफ्ना फिल्ड सपोर्टका कर्मचारी एवम् उनीहरुका परिवार एवम् आफन्तजनमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गरी वर्ल्डलिंकले शाखा कार्यालयहरुमा नै सपोर्ट टिमको लागि खान बस्नको व्यवस्था मिलाई सेवाप्रवाह गराउँदै आएको जानकारी दिएको हो ।

वर्ल्डलिंकले फिल्ड सपोर्टका कर्मचारीहरुको स्वास्थ्य सुरक्षालाई ख्याल राखी समय समयमा स्वास्थ्य चेकजाँच गराउने सँगै उनीहरुका लागि पीपीई सेट र पर्याप्तमात्रामा सेफ्टी किटको प्रवन्ध मिलाएको जानकारी गराएको छ । यस टिमले आउटेजहरु ह्याण्डल गर्ने, सिस्टम डाउन भएको अवस्थामा मर्मत गर्ने लगायत इन्टरनेटमा आएका विविध समस्याहरु समाधान गर्दै आएका छन् ।

सबै जना घरमै बस्न विवश परिस्थितिमाविशेषगरी दैनिककार्य घरबाटै सञ्चालन गर्न, समाचारहरु सुन्न र हेर्न, फेसबुक लगायतअन्य सोसल साइटहरुको प्रयोग गर्न एवं मनोरञ्जनका साथ घरमा समय बिताउनको लगि इन्टरनेट अत्याधिकमात्रामा प्रयोग भइरहेको छ । अनलाईन बैकिङ्ग, अनलाईन ऐजुकेसन, कर्पोरेट काम, अनलाईन मेडिकल परामर्श जस्ता चुनैतिपूर्ण कार्यहरु पनि इन्टरनेटको प्रयोगबाट नै सम्भव भइरहेको छ । सबै इन्टरनेट प्रदायक कम्पनीहरुको व्याण्डविथमा आएको समस्याका कारणले सेवाप्रवाह गर्न केही असहज परिस्थितिसमेत सृजना भएको सेवाप्रदायकहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप