शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वास्थ्य सेवा विभागले फेरि ३५ करोडको सामान किन्दै

बुधबार, २६ चैत २०७६, ०८ : ३७
बुधबार, २६ चैत २०७६

ओम्नी समूहलाई स्वास्थ्य उपकरण खरिदको ठेक्का दिएर विवादमा परेको स्वास्थ्य सेवा विभागले फेरि विभिन्न स्वास्थ्य उपकरण किन्न टेन्डर आह्वान गरेको छ । 

एक अर्ब २५ करोड भन्दा बढी रकमको खरिद प्रक्रिया विवादमा तानिएपछि ओम्नीसँगको ठेक्का रद्द गरेको विभागले मंगलबार करिब ३५ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्न टेन्डर प्रकाशित गरेको हो ।

ओम्नीसँगको ठेक्का रद्द गरिएपछि मन्त्रिपरिषद् बैठकले नेपाली सेनालाई स्वास्थ्य उपकरण खरिद गर्ने जिम्मेवारी दिइसकेको अवस्थामा विभागले फेरि खरिद प्रक्रिया अगाडि बढाउनुको रहस्य जन्माएको खबर नागरिक दैनिकमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप