शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट १७३ मालबाहक गाडी भित्रिए

मङ्गलबार, २५ चैत २०७६, २२ : ४२
मङ्गलबार, २५ चैत २०७६

पर्सा । भारतबाट १७३ वटा मालबाहक गाडी भित्रिएको छ । पर्सा जिल्लास्थित विभिन्न नाकाबाट चैत २४ गते सो मालबाहक गाडी भित्रिएको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए । 

एकीकृत भन्सार जाँचचौकी भएर १६४ वटा मालबाहक गाडी र पर्सा जिल्लाको इनरुवा नाकाबाट तरकारी र फलफूल बोकेका नौवटा गाडी भित्रिएको सचिव घिमिरेले बताए । त्यस्तै पर्साको एकीकृत भन्सार चौकीबाट भारततर्फ १०७ वटा र इनरुवा नाकाबाट आठवटा खाली मालबाहक गाडी गएको छ ।

लकडाउनको अवधिमा कृषि क्षेत्र प्रभावित भएकाले भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले किसानलाई सामाजिक दूरी कायम गर्दै आफ्ना बालीनाली उठाउन, लगाउनका साथै छिट्टै नाश हुने अण्डा, दूध, चल्ला, बीउबिजन र तरकारीलगायतका कृषिजन्य वस्तु सुरक्षितरुपमा बजार पु¥याउने व्यवस्था मिलाउन किसानलाई आह्वान गरेको छ ।

भारतमा सम्पन्न धार्मिक सभा तबलिकी जमातमा सहभागी भएका तीन जनासहित पाँच जनालाई चैत २३ गते राति सप्तरीको डाक्नेश्वरी नगरपालिकामा पक्राउ गरिएको छ । उनीहरु भारतबाट लुकीछिपी प्रवेश गरेपछि पक्राउ गरिएको हो । उनीहरुलाई स्थानीय माविको क्वारेन्टाइनमा राखिएको छ ।

यसैबीच दिल्लीको निजामुद्दीनमा हालै सम्पन्न धार्मिक सभामा सहभागी भएका रोतहटको क्वारेन्टाइनमा रहेको १४ र वाराको क्वारेन्टाइनमा रहेका १० जना स्वाब परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ आएको सचिव डा.घिमिरे बताए । प्रदेश नं २ मा अहिलेसम्म ११९ जनाको स्वाब परीक्षणका लागि सङ्कलन गरिएकामा १०३ को रिपोर्ट नेगेटिभ आएको र १६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश नं २ मा ९३६ क्वारेन्टाइनमा, एक हजार २१३ जना होम क्वारेन्टाइनमा र २२ जना आइसोलेशनमा छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप