साउदी अरबमा केही हप्ताभित्र दुई लाख व्यक्तिमा कोरोना सङ्क्रमण हुनसक्छः स्वास्थ्यमन्त्री
एजेन्सी । साउदी अरबका स्वास्थ्यमन्त्रीले मङ्गलबार आगामी केही सातामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई लाख पुग्नसक्ने भन्दै सबै नागरिकलाई सचेतता अपनाउन निर्देशन दिनुभएको यहाँको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएका छन् ।
साउदी प्रेस एजेन्सीले स्वास्थ्यमन्त्रीलाई उद्धृत गरी कोरोना सङ्क्रमणका विरामीको सङ्ख्या बढ्नेबारे जानकारी दिँदै नागरिकलाई आफ्नो किसिमले सुरक्षा अपनाउन निर्देशन दिनुभएको जनाएको हो ।
स्वास्थ्यमन्त्री तफिक अल रवियाले भने, ‘अध्ययनहरूले आगामी केही हप्तामा साउदी अरबमा सङ्क्रमण दर बढ्नसक्ने बताएका छन् । यो सङ्ख्या कम्तीमा एकलाख देखि बढीमा दुई लााखसम्म हुने अनुमान गरिएको छ ।’
विश्वभर कोरोना भाइरसका कारण मङ्गलबार साँझसम्म ७६ हजार ३७० व्यक्तिको मृत्यु भएको छ भने साउदी अरबमा २२१ व्यक्तिको मृत्यु भएको छ । खाडी मुलुक साउदी अरबमा सङ्क्रमितको सङ्ख्या दुई हजार ७९५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ
-
भी–२० बैठकमा मन्त्री पुनले भने–जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ
-
उर्मिला कोइरालाको चौथो कृति ‘घाममाथि घामकै किरण’ विमोचन
-
रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा
-
एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह
-
सहकारीको पैसा घरजग्गा र कम्पनीमा, बचतकर्ताको करोडौँ पैसा कसले फिर्ता गर्ने ?