बेलायतमा कोरोनाभाइरसको संक्रमणबाट एकैदिन ८५४ को मृत्यु
मङ्गलबार, २५ चैत २०७६, २१ : ११
लण्डन । बेलायतमा कोरोना भाइरस (कोभीड १९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अहिले सम्मकै उच्च रेकर्ड कायम भएको छ । आज प्राप्त जानकारी अनुसार बेलायतमा थप ८ सय ५४ जनाको मृत्यु भएको मेट्रो र मिररले उल्लेख गरेका छन् ।
२४ घण्टाको अवधिभित्र बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो नै अहिले सम्मकै सबै भन्दा बढी हो । हिजो दिउँसो जारी गरिएको तथ्यांकको आधारमा आज मृत्यु हुनेको संख्या झन्डै दुई गुणाले बढी हुन आउँछ । कोरोना भाइरसबाट बेलायतमा ज्यान गुमाउनेहरुको कुल संख्या ६ हजार २ सय २७ पुगेको छ ।
कोरोना भाइरसका कारणबाट विश्वमा ७६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । विश्वका अन्य मुलुकमा यसको प्रभाव बढ्दै गएपनि कोरोना भाइरसको उद्गमस्थल चीनमा भने यसको संक्रमण दिनप्रतिदिन घट्दै गैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा