शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायती प्रधानमन्त्रीको स्वास्थ्य स्थिर, भेन्टिलेटरको आवश्यकता परेन

मङ्गलबार, २५ चैत २०७६, २० : ४५
मङ्गलबार, २५ चैत २०७६

एजेन्सी । कोरोनाभाइरस (कोभिड १९) को संक्रमणपछि आइसीयूमा भर्ना गरिएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।

५५ वर्षीय जोनसनको पछिल्लो अवस्था स्थिर रहेको र उनलाई भेन्टिलेटरमा राख्ने अवस्था नरहेको र अहिले अक्सिजन दिइएको जनाएको हो ।

कोभिड १९ को लक्षणहरु देखापरेपछि जोनसनलाई आइतबार सेन्ट्रल लन्डनस्थित सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । सोमबार स्थिति खराब भएको भन्दै उनलाई आइसीयूमा स्थानान्तरण गरिएको थियो ।

जोनसनलाई हाल निमोनिया नरहेको र हाललाई सामान्यरुपमा फेस मास्कको मद्दतले अक्सिन दिइरहेको डाउनिङ स्ट्रिटले जानकारी दिएको छ ।

जोनसन गत मार्च २७ मा कोरोनाभाइरस पोजेटिभ रहेको पुष्टि भएको थियो । आइसोलेसनमा रहेको बेला अप्रिल ३ मा उनलाई ज्वरो कायम रहेको बताइएको थियो ।

बेलायती महारानी एलिजाबेथले जोनसनको परिवार र उनको गर्भवती रहेकी प्रेमिकालाई सन्देश पठाउँदै आफ्नो प्राथना उनीहरुको साथमा रहेको बताएकी छिन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप