दिल्लीमा ३० हजार कोरोना सङ्क्रमितलाई उपचार गर्न सकिन्छः केजरीवाल
एजेन्सी । दिल्लीमा कोभिड–१९ सङ्क्रमित ३० हजार व्यक्तिलाई उपचार सेवा दिनेगरी तयारी पूरा भएको मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार बताएका छन् । ‘हामीले ३० हजार व्यक्तिलाई उपचार सेवा दिनेगरी तयारीलाई पूरा गरेका छौँ । यसका लागि विभिन्न अस्पतालका आठ हजार शय्या, व्यवस्थित होटेलका १२ हजार कोठा, र व्याङक्वीट हल र धर्मशालामा १० हजार गरी ३० हजार विरामीलाई उपचार सेवा दिने प्रबन्ध मिलाइएको छ,’ मुख्यमन्त्री केजरीवालले भने ।
उनले भने, ‘राज्य सरकारले गम्भीर प्रकृतिका विरामी जसलाई मुटु, कलेजो, क्यान्सर र मधुमेह र ५० वर्ष माथिका विरामीको उपचार अस्पतालमा नै राखेर गरिनेछ । कोभिड–१९ सङ्क्रमणको सामान्य लक्षण भएका ५० वर्ष मुनिका विरामीलाई सम्पूर्ण स्वास्थ्य सुविधा उपलब्ध रहेका होटेल र धर्मशालामा राखिनेछ ।’
उनले ३० हजार विरामीका लागि आवश्यक पर्ने ४०० भेन्टिलेटर र एक हजार २०० अक्सिजन दिने सुविधा भएका शय्याको आवश्यक पर्ने चिकित्सकको सुझाब अनुसार दिल्लीमा यसको पूर्णतया प्रबन्ध भएको साथै सफाई र स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षामा आवश्यक ड्रेस (पीपीई) को यथोचित प्रबन्धसमेत गरिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी