शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने प्रदेश २ सरकारको तयारी

मङ्गलबार, २५ चैत २०७६, १८ : २९
मङ्गलबार, २५ चैत २०७६

धनुषा । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले लकडाउन अवधि भरका लागि मन्त्रालयले प्रदेशका किसानहरुलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने तयारी भइरहेको जनाएका छन् । उनले यसका लागि प्रदेशभरका किसानको लगत संकलन भइरहेको समेत बताए । प्रदेशमा कुखुरा व्यवसाय गर्ने किसानहरुलाई ठूलै घाटा भएको बताउदैँ मन्त्री साहले प्रति कुखुरा १ सय २५ रुपैयाँ र प्रति चल्ला १ सय रुपैया उपलब्ध गराउने निर्णय मन्त्रालयले गरेको बताए ।

त्यस्ता किसानलाई स्थानीय प्रशासन तथा स्थानीय सरकार मार्फत मुचुल्का उठाएर आएमा राहत पाउन सक्ने मन्त्री साहले स्पष्ट पारे । त्यस्तै ऋण लिएका किसानहरुलाई क्षतिपूर्ती उपलब्ध गराउनका लागि बैंकहरुलाई चिठ्ठी काटिएको उनले बताए । मन्त्री साहले १० लाख रुपैयाँसम्म कृषिका लागि ऋण लिएका किसानहरुलाई ब्याज १२ प्रतिशत छुट, १० लाख रुपैयाँ देखि २५ लाख रुपैयाँसम्म ऋण लिएकालाई ५० प्रतिशत र २५ लाख रुपैयाँभन्दा माथि ऋण लिएका किसानलाई २५ प्रतिशत सम्म ब्याजमा छुट दिने तयारी सहित व्यवस्था हुने बताए । उनकाअनुसार मन्त्रिपरिषदको बैठक बसेर औपचारिक निर्णय गर्न भने बाँकी रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप