बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीबाट कुवेतका समकक्षीसँग संवाद

मङ्गलबार, २५ चैत २०७६, १८ : १९
मङ्गलबार, २५ चैत २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा कार्यरत नेपालीहरुको सुरक्षा र उपचारबारे चासो दिने क्रममा आज कुवेतका प्रधानमन्त्री सबाह अल खालिद अल सबाहसँग टेलिफोन संवाद गरेका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणका समयमा त्यहाँ कार्यरत नेपालीको सुरक्षा र कल्याणको बारेमा आफूले चासो राखेको कुवेतका प्रधानमन्त्रीले नेपालीहरुलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरुको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको ट्विट मार्फत जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप