बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीबाट एकजना पक्राउ

मङ्गलबार, २५ चैत २०७६, १७ : ४५
मङ्गलबार, २५ चैत २०७६

काठमाडौँ । मंगलबार कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  सुलभ अग्रवाल रहेका छन् । 

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अग्रवाललाई नक्सालबाट पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले पुष्टि गरे । 

ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बिक्री गरिरहेको सूचना अपराध महाशाखाको टोलीले आइतबारै प्राप्त भएको थियो । सोही सूचनाको आधारमा अग्रवाल पक्राउ परेका हुन् ।   

पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न खोजेको प्रहरी अनुसन्धानबाट खुलेको एसएसपी थापाले बताए । पक्राउ परेका अग्रवालको साथबाट ६७ थान थर्मल गन समेत बरामद भएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप