नेपालमा कार्यरत भारतीय डाक्टरलाई पनि स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउन माग
विराटनगर । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले नेपालमा कार्यरत भारतीयसहित विदेशी डाक्टरहरुलाई पनि स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउन माग गरेका छन् ।
नेपालका बिभिन्न अस्पतालमा सयौंको संख्यामा भारतीयसहित विभिन्न मुलुकका डाक्टरहरु बर्षौंअघिदेखि कार्यरत रहेकाले उनीहरुलाई पनि स्वास्थ्य वीमासहित स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउन डा.शर्माले माग गरेका हुन् ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथामका लागि स्वास्थ्यकर्मीहरु नै अग्रपंतिमा हुने र उनीहरु उच्च जोखिममा हुने भएकाले स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाएर काममा प्रोत्साहन गर्नुपर्ने डा.शर्माको माग छ । ‘कोरोना रोकथाम र संक्रमितसँगको फन्ट लाईनमा डाक्टरहरु नै हुन्छन् । यहाँ स्वदेशी मात्र नभई विदेशी डाक्टरहरु पनि धेरै छन् ।’ सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने ‘यस्तो बेला स्वदेशी विदेशीवीच फरक नछुट्याई सवै स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाएर प्रोत्साहन गर्नुपर्छ ।’
फरक प्रसंगमा उनले अहिले स्वदेशमै रहेकामा पनि संक्रमण देखापरिसकेकाले अब स्वाव परीक्षणको मात्रा बढाउनुको विकल्प नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ
-
शनिबारदेखि साइग्रेसको ‘वर्ड टुर विद् साइग्रेस’
-
लोकसभा निर्वाचनः दोस्रो चरणमा १३ राज्यमा ८८ सीटमा मतदान सुरु
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी