बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ संक्रमित छैनन्, संक्रमित ८ जनाको अवस्था सामान्य : स्वास्थ्य मन्त्रालय

‘कन्ट्याक्ट ट्रेसिङ ९० प्रतिशत सम्पन्न’
मङ्गलबार, २५ चैत २०७६, १६ : २९
मङ्गलबार, २५ चैत २०७६

काठमाडौँ । नेपालमा मंगलबार थप नयाँ कोरोनाभाइरस संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित फेला नपरेको र उपचाररत आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका हुन् ।

नेपालमा हालसम्म ९ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । जसमध्ये एक जना उपचार पछि घर फर्किसकेका छन् ।

डा देवकोटाले संक्रमितको सम्पर्कमा आएका कन्ट्याक्ट ट्रेसिङ ९० प्रतिशत सम्पन्न भएको पनि जानकारी दिए । उनका अनुसार काठमाडौँमा १६ जना र काठमाडौँबाहिर ८४ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै, क्वारेन्टाइनमा ९ हजार २२८ जना रहेको उनको भनाइ छ ।

रेड जोनमा आज १७ जना थपिएको र यो कूल १७२ जना रहेको उनले बताए ।

कैलाली, कञ्चनपुर र बाग्लुङमा र्यापीड डायागोनिस्टिक टेस्टमार्फत परीक्षण शुरु गरिएको पनि देवकोटालो जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप