शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एन्फाले दियो ललितपुर महानगरपालिकालाई दुई एम्बुलेन्स

मङ्गलबार, २५ चैत २०७६, १५ : ५३
मङ्गलबार, २५ चैत २०७६

काठमाडौं । कोरोना भाइरसविरुद्ध लड्न नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो दुई वटा एम्बुलेन्स ललितपुर महानगरपालिकालाई दिएको छ । एन्फाले कोरोनाको जोखिम नसकिएसम्मका लागि ललितपुरलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

 फिफा फरवार्ड प्रोजेक्ट अन्तर्गत खरिद गरिएको उक्त एम्बुलेन्स यसअघि एन्फामै थन्किएको थियो । मंगलबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई हस्तान्तरण गरे ।

एन्फा र महानगरपालिकाबीच एम्बुलेन्स कोरोनाको संक्रमण सकिएपछि एन्फालाई नै फिर्ता गर्नु पर्ने सम्झौता भएको छ । कोरोनाका कारण अहिले नेपालको फुटबल गतिविधि बन्द छ । यसअघि एन्फाले आफू मातहतमा रहेको सम्पूर्ण भौतिक संरचना क्वारेन्टाइन बनाउन दिने निर्णय पनि गरिसकेको छ । सोही अनुरुप रौतहटको महिला फुटबल एकेडेमीमा अहिले क्वारेन्टाइन बनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप