शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षित ढङ्गले समाचार सम्प्रेषण गराउने वातावरण बनाऊ: महासङ्घ

मङ्गलबार, २५ चैत २०७६, १५ : ५०
मङ्गलबार, २५ चैत २०७६

काठमाडौं । नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन सरकारले गरेको ‘लकडाउन’को समयमा सुरक्षित ढङ्गले समाचार सम्प्रेषण गराउने वातावरण बनाउन आग्रह गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज एक विज्ञप्ति जारी गर्दै असहजता परिस्थितिका बीच अनेकौँ कठिनाई र जोखिम मोलेर नागरिकलाई सुसूचित गराउने महत्वपूर्ण दायित्व पत्रकारले बहन गरिरहेको बताएका छन् ।

संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको सम्मान गरी पत्रकारलाई सही र सहज ढङ्गबाट सूचना उपलब्ध गराउन र स्वतन्त्र, सुरक्षित एवं निर्वाधरुपमा काम गर्ने वातावण निर्माण गर्नसमेत महासङ्घले सम्बन्धित निकायसँग माग गरेको छ ।

विषम परिस्थितिमा सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटेका पत्रकारमाथि विभिन्न पक्षबाट भइरहेको आक्रमण, दुर्व्यवहार, हातपात, समाचार सङ्कलनमा रोकलगायत घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको महासङ्घले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप