शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ दिल्लीले अब कोरियाली मोडल अनुशरण गर्ने

मङ्गलबार, २५ चैत २०७६, १५ : ३८
मङ्गलबार, २५ चैत २०७६

नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दक्षिण कोरियाको रणनीतिलाई अवलम्बन गर्दै कोभिड १९ को परीक्षणलाई ब्यापक बनाउने घोषणा गरेका छन् । ‘परीक्षण नगरेसम्म हामी को संक्रमित छन् र को छैनन् भन्ने यकिन गर्न सक्दैनौँ,’ केजरीवालले भने ।

दक्षिण कोरियामा ब्यापकरुपमा कोरोनाभाइरस परीक्षण गर्दा त्यहाँ शुरुवाती चरणमा नै संक्रमितहरु फेला परेका थिए । जसले देशमा भाइरसको संक्रमणलाई नियन्त्रण गर्न मद्दत पुगको थियो ।

मुख्यमन्त्री केजरीवालले परीक्षण कीटको अभावका कारण समस्या भइरहेको जनाउँदै अर्डर गरिएका ५० हजार थान कीट बल्ल आइपुगेको पनि जानकारी दिए ।

दिल्ली सरकारले यो शुक्रबारदेखि कम्तिमा १ लाख जनाको परीक्षण गरिने जनाएको छ ।

नियम उल्लंघन नहोस् भनेर सरकारले स्थानीय प्रहरीलाई स्व–क्वारेन्टाइनमा रहेका २७ हजार ७०२ जना व्यक्तिहरुको बारेको जानकारी पनि साझा गरेको छ ।

केजरीवालले दिल्लीमा रहेका ८ हजार अस्पतालमा ३० हजार बिरामीसम्म विरामीलाई उपचार गर्न तयारी अवस्थामा रहेको पनि दाबी गरे ।

भारतमा यतिबेला ४ हजार ७७८ जना संक्रमित फेला परेका छन् भन् १३६ जनाले ज्यान गुमाइसकेका छन् । यसमध्इे दिल्लीमा ५२३ जना संक्रमित रहेका छन् भने ७ जनाको मृत्यु भइसकेको छ ।

स्रोत : सीएनएन लाइभ अपडेट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप