मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अक्सिजन अभाव भएको गुनासो मन्त्रीकहाँ पुगेपछि....

मङ्गलबार, २५ चैत २०७६, १५ : २६
मङ्गलबार, २५ चैत २०७६

काठमाडौं । लकडाउन अवधिका लागि जोहो गरिएको अक्सिजन सिलिण्डर रित्तो हुँदै गएपछि कपनको गार्मेन्ट चोककी जसुदा भण्डारीको छटपटी निकै बढेको थियो । 

 एक सिलिन्डर मेडिकल अक्सिजनको प्रवन्धका लागि उनका आफन्तले विभिन्न प्रयासहरु गरे । विभिन्न स्थानमा फोन घुमाए । तर पनि सिलिन्डर पाउन नसक्दा बिरामीसहित उनको परिवारलाई चिन्ता बढेको थियो । 
लकडाउनका कारण बाहिर निस्कन नसक्ने अवस्थाकाबीच ७३ वर्षिय भण्डारीका परिवारले प्रयास भने जारी राखेका थिए । 
भण्डारी परिवारका एक आफन्तले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई समस्या सुनाउन सुझाए । सुझाव अनुसार नै भण्डारी परिवारले आफूहरुको समस्या सुनाउने निधो गरे । उनीहरुले मन्त्रीलाई टेलिफोन मार्फत निमोनिया र दमको बिरामी आमाका लागि राखिएको अक्सिजन सिलिण्डर सकिएको तर नयाँ पाउन नसकिएको जानकारी गराए । 

लगत्तै मन्त्री मानन्धरले चासो देखाउँदै आफ्नो सचिवालयका कर्मचारीलाई अक्सिजन सिलिण्डरको प्रवन्ध मिलाउन निर्देशन दिए। मन्त्रीको निर्देशन लगत्तै सचिवालयका जयप्रकाश श्रेष्ठ अक्सिजनको जोहो गर्न लागे ।
लगत्तै श्रेष्ठले सिलिण्डरको प्रवन्ध भएको जानकारी गराए ।  अर्का एक सहयोगगीलाई साथमा लिएर श्रेष्ठ भण्डारीको घर खोज्दै कपन पुगे । कपनको गार्मेन्ट चोकमा पुगेर श्रेष्ठले निमोनिया र दमकी बिरामी भण्डारीलाई अक्सिजन सिलिन्टर उपलब्ध गराए । 
मन्त्रीको सचिवालयमा फोन गरेको डेढ घण्टापछि अक्सिजन सिलिण्डर आइपुगेपछि भण्डारी भाबुक मात्र बनिनन्, लकडाउनका कारण समस्यामा सहयोगका लागि धन्यवाद दिइन् । 
आफू थला परेको र अक्सिजन नै नपाउने चिन्ताले आफूलाई थप तनाव भएको अवस्थामा सहजीकरण गरिदिएकोमा भण्डारीले मन्त्री मानन्धर र नेपाल सरकारलाई आभार प्रकट गरिन् । 

मन्त्री मानन्धरले यस अघि पनि विभिन्न समस्यामा परेका बिरामी, अशक्त र आर्थिक अवस्था कमजोर भएकाहरुको दैनिकी सहजीकरणका लागि आवश्यक पहल गर्दै आइरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप