केन्द्रीय संस्करण

काँग्रेस पदाधिकारी बैठकले भन्यो : सरकार संकटमा पनि  मनमौजी अघि बढ्यो

person explore access_timeचैत २५, २०७६ chat_bubble_outline0

काठमाडौं । प्रमुख विपक्षी नेपाली काँग्रेसले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाममा सरकार पूर्ण गम्भीर नदेखिको  निष्कर्ष निकालेको छ । लकडाउन गरेपछि पहिलोपटक मंगलबार पार्टी समापति शेरहादुर देउवाको निवास बूदानीकण्ठमा बसेको काँग्रेस पदाधिकारीको बैठकले  यस्तो अवस्थामा पनि सरकार मनमौजी तरिकारले अगाडि बढेको निष्कर्ष निकालेको हो । 

काँग्रेस राष्ट्रिय सहमतिका साथअगाडि बढ्न तयार रहे पनि प्रधानमन्त्री केपी ओलीबाट त्यसको प्रत्यन नगएको जिकिर गरेको छ ।यतिबेला सबैको सहयोग लिन सरकारले सकेन अहिलेको चुनौती सामाना गर्न सकिने काँग्रेसको ठहर छ ।

बैठकमा सहभागी काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले मुलुक र जनतालाई बचाउन सरकारले सबै राजनीतिक दल र सरोकारवालालाई विश्वासमा लिएर नसकेकोमा छलफल भएको रातोपाटीलाई जानकारी दिए । 


कोभिड—१९ संक्रमणबाट मुलुक र जनतालाई बचाउन सरकार आफैले सबै राजनीतिक दल र सरोकारवालालाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिएको छ ।

बैठकले स्वास्थ्यकर्मीको सुरक्षाका लागि पीपीई अहिलेसम्म पनि उपलव्ध भइनसक्नु लज्जाको विषय रहेको काँग्रेसले जनाएको छ।

स्वास्थ्य सामग्री खरिद गर्दा पारदर्शी ढंगले काम गर्न सरकारलाई सुझाएको छ । बैठकले अन्य स्वास्थ्य सेवा सञ्चालनको प्रवन्ध मिलाउन पनि सरकारको ध्यानाकषर्ण गराएको छ ।

 काँग्रेसले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई उद्दार गर्न र नेपाली भूमिमा ल्याएर क्वारेन्टाइनमा राख्न माग गरेको छ । यस्तै आफ्नो पार्टीपंक्तिलाई सुरक्ष्ाित रहेर जनताको समस्या समाधानमा जुट्न बैठकले आग्रह गरेको उनले जानकारी दिए ।

बैठकले स्वास्थ्य समाग्रीको आपूर्ति र असंगठित मजदुरहरुको राहत प्याकेज तत्काल बाँड्न सरकारसँग माग गरेको छ। उनका अनुसार प्रमुख प्रतिपक्ष दलको परामर्श समेत नलिई सरकारले एकलौटी रुपमा संसद अधिवेशन अन्त्य गरिएकोप्रति काँग्रेसले असन्तुष्टि प्रकट जनाएको छ ।

यस्तै सेनालाई स्वास्थ्य उपकरण खरिदको जिम्मा दिँदा नागरिक प्रशासन असक्षम रहेको सन्देश गएको काँग्रेसको बुझाइ छ ।

 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.