केन्द्रीय संस्करण
लकडाउन डायरी

लिलामणि पोखरेलको ‘लकडाउन’ डायरी : सरकार संकटमा पनि ‘बदनाम’ हुँदा चिन्ता

‘चीनलाई होच्याउने पुँजीवादीहरु लज्जित भए’

person explore access_timeचैत २५, २०७६ chat_bubble_outline0

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को माहामारीले विश्वका शक्तिशाली मुलुकको अवस्था पनि हायल–कायल छ । यसको रोकथाम र नियन्त्रणका लागि कोरोना संक्रमति अधिकांश मुलुकले ‘लकडाउन’ विधि अपनाइरहेका छन् । त्यसबाट नेपाल पनि अछुतो छैन । ११ चैतदेखि नेपालमा ‘लकडाउन’ जारी छ । जसबाट आम नागरिकहरुको दैनिकी घरभित्र सीमित छ । ‘लकडाउन’पछिको आफ्नो दिनचर्या, कोरोना रोकथाममा विश्वको तयारीलगायतका विषयमा नेकपाका नेता लिलामणि पोखरेलले यसरी सुनाए :

सरकारले लगाएको ‘लकडाउन’को पूर्णत पालना गरेका छौँ । मेरो दिनचर्या मुलतः तीनवटा काममा बित्छ । ‘लकडाउन’ले गर्दा पहिले भन्दा म ढिलो उठ्ने गरेको छु । कतै जानु नपर्ने र केही गर्नु पर्दैन भन्ने लागेर ६ बजेभन्दा अगाडि उठ्न गाह्रो भएको छ ।

‘लकडाउन’ले अलि अल्छे बनाएको छ । विहान उठेपछि सामान्य शारीरिक व्याम गर्ने, घरको कम्पाउडमा घुम्ने गर्छु ।

मेरो ६ जनाको परिवार छ । यो बेला म पारीवारिक जमघटमा रमाउँछु । हामी विभिन्न विषयका कुराकानी गर्छौँ । राजनीतिक चेतना भएको परिवार भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति, सरकारका काम कारबाही र पार्टीका गतिविधिका बारेमा कुराकानी हुन्छ । विश्व राजनीतिमा भारत र चीनबारे बेसी छलफल हुन्छ । कहिले काहीँ राम्रो फिल्म पनि हेर्छौँ । घरको कम्पाउडबाट बाहिर ननिस्केको १२ दिन जति भयो । योबीचमा मैले पढ्ने, लेख्ने र वारीमा खेतीपाती लगाउने काममा ‘लकडाउन’को सदुपयोग गरिरहेको छु ।


यो बेला म पारीवारिक जमघटमा रमाउँछु । हामी विभिन्न विषयका कुराकानी गर्छौँ । राजनीतिक चेतना भएको परिवार भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति, सरकारका काम कारबाही र पार्टीका गतिविधिका बारेमा कुराकानी हुन्छ । विश्व राजनीतिमा भारत र चीनबारे बेसी छलफल हुन्छ । कहिले काहीँ राम्रो फिल्म पनि हेर्छौँ ।


मैले मुलुकको उर्जा क्षेत्रमा अध्ययन गरिरहेको छु । यो मेरो रुचिको क्षेत्र पनि हो । उर्जाबारे मेरो क्याम्पसको कोर्स नभएपछि रुचि राखिएको विषय भएकाले यसबारेमा पढिरहेको छु ।

नेपालका विभिन्न योजना कसरी अगाडि बढिरहेका छन् भनेर अध्ययन गरिरहेको छु । लेख्ने विषय पनि यही हो । विभिन्न विषयमा पनि धारणाहरु तयार पार्ने काम गरिरहेको छु । यसका अतिरिक्त कोरोना रोकथाममा विश्वका अन्य देशले के गरिरहेका छन्, सूचना संकलन गर्ने र त्यसको विश्लेषण गर्ने काम गइरहेको छ । यसरी नै दिनचर्या बितेको छ ।

चीनलाई होच्याउने पुँजीवादीहरु लज्जित भए

कोरोना भाइरसको प्रकोपले समग्र विश्वको राजनीतिमा कस्तो प्रभाव पारेको छ ? भोलि के प्रभाव पार्छ, त्यसका विरुद्धमा लड्ने कुरामा विश्वमा के फरक देखियो भन्ने सन्दर्भमा पनि मैले अध्ययन गर्ने गरेको छु । चीनमा यसको सुरुवात भयो । त्यसको रोकथापका लागि चीनले कडा कदमहरु चाल्दा  त्यतिबेला विश्वका पुँजीवादी राष्ट्रले चीनलाई गिल्ला गरेको थिए । चीनले ‘लकडाउन’ गरेर कोरोना रोकथाममा लाग्दा त्यतिबेला मानवअधिकारको उल्लंघन भएको, मानवीय स्वतन्त्रताको अपहरण भएको जस्ता कुरा गरेर उपहास गरियो । मास्क लगाएर कोरोनाको प्रतिरक्षाका लागि सुरक्षाका उपाय अपनाउँदा केही पश्चिमा नेताहरु, बुद्धिजीविहरुले चर्को आलोचना गरे, केही मिडियाहरुले माओको मुखमा मास्क लगाएर प्रचार गरे । त्यसबाट नेपालका केही मिडिया पनि अछुतो रहन सकेन । अब कोरोनाको संक्रमण पश्चिममा मुलुक, युरोप अमेरिकातिर फैलिन थालेपछि उनीहरु आफैले गरेका कुरामा आफैं लज्जित भएको महसुस हुन्छ ।


चीनले ‘लकडाउन’ गरेर कोरोना रोकथाममा लाग्दा त्यतिबेला मानवअधिकारको उल्लंघन भएको, मानवीय स्वतन्त्रताको अपहरण भएको जस्ता कुरा गरेर उपहास गरियो । मास्क लगाएर कोरोनाको प्रतिरक्षाका लागि सुरक्षाका उपाय अपनाउँदा केही पश्चिमा नेताहरु, बुद्धिजीविहरुले चर्को आलोचना गरे, केही मिडियाहरुले माओको मुखमा मास्क लगाएर प्रचार गरे । त्यसबाट नेपालका केही मिडिया पनि अछुतो रहन सकेन । अब कोरोनाको संक्रमण पश्चिममा मुलुक, युरोप अमेरिकातिर फैलिन थालेपछि उनीहरु आफैले गरेका कुरामा आफैं लज्जित भएको महसुस हुन्छ ।


अहिले चीनले कोरोना महाव्याधिलाई जसरी छोटो समयमै नियन्त्रण गर्न सक्यो, त्यसरी अमेरिका र युरोपका देशहरुले नियन्त्रण गर्न सकेका छैनन् । यसका पछाडि मूलतः दुइटा आयाम देखिन्छन्ः

एउटा समाजवादी समाज निर्माणमा जनताप्रतिको उत्तरदायित्व राज्यले कसरी बहन गर्छ, जनता र राज्यबीचको सम्बन्ध के हुन्छ ? राज्यका संयन्त्र र जनता कसरी जुट्दछन् भन्ने एउटा राम्रो उदहारण चीनमा देखिन्छ । अर्कोतिर, अमेरिका तथा युरोपमा अहिले देखिएकोभद्रगोलले पुँजीवादी स्वतन्त्रताका नाममा भएको अराजकताले के स्थिति पैदा भयो भन्ने कुराको ज्वलन्त नमुना पनि साथसाथै देखापरेको छ ।

पुँजीवादी राष्ट्रहरुमा हिजो उत्पादन र वितरणमा एक प्रकारको सांगठनिक सहयोगात्मक एकता थियो । तर त्यो एकता अहिले  देखिँदैन । कोरोनाका कारण उनीहरुका सहयोगात्मक सबै कुरा लथालिङ्ग भए ।

जस्तो, इटालिमा कोरोनाको त्यत्रो ठूलो प्रभाव देखिँदा पनि युरोपियन युनियनले केही पनि गरेन । सबै राष्ट्रहरु आफ्नो आफ्नो स्वार्थका कुरा मात्र गर्न थाले । यतिसम्म कि युरोपका कतिपय मुलुकहरुले त कोरोना रोकथामका लागि उपयोगी र अत्यावश्यक हुन सक्ने देखिएका आफ्ना उत्पादनहरुको निर्यातमा नै रोक लगाउनतिर लागे, त्यस्ता उत्पादनहरु मुलुक बाहिर गएका छन् भने पनि फिर्ता ल्याउने गरेको देखियो ।

उदाहरणको लागि, अमेरिकाले उत्पादन गरेको केही सामान थाइल्यान्डमा पुगेको थियो, जर्मनी पठाउन प्याक गरेको सामान पनि अमेरिकाले  थाइल्यान्डबाट सेना लगाएर फिर्ता लियो । त्यो घटनाको कडा प्रतिरोध गर्दै जर्मनले डकैती गरेको भनेर आरोप लगाएको छ । अहिले कोरोनाको प्रकोपले गाँज्दै जाँदा नाटोभित्र, युरोपियन युनियनभित्र आबद्ध रहेर विश्व राजनीतिमा पुँजीवादी खेमामा रहेका मुलुकहरु यतिखेर एकला एकलै जस्ता देखिए ।


अमेरिकामा कोरोनाभाइरस संक्रमितलाई उपचारको लागि लगिँदै । https://www.theatlantavoice.com

कोरोना महाव्याधिकै सिलसिलामा हिजो आफूलाई शत्रुतापूर्ण व्यवहार गरेर खुइल्याउन लाविपरेको अमेरिकामा समेत सहयोगको प्याकेज पुर्याएर उसले त्यहाँ कोरोना नियन्त्रणका लागि भूमिका निर्वाह गर्ने  काम गरेको छ । यसले भावी दिनहरुमा विश्व राजनीतिमा नयाँ आयाम सुरुवात हुने  संकेत देखापरेको रुपमा पनि विश्लेषण हुन थालेको छ ।


अर्कोतिर चीनको स्थिति र व्यवहार चाहिँ भिन्न देखिन्छ । आफ्नो मुलुकभित्र चीनले कोरोना नियन्त्रण गरिसकेपछि हिजो आफूलाई हेलाहोचो गर्ने मुलुकहरु लगायत संसारभरि नै उसले सहयोगात्मक हात फैलाएको छ । कतिसम्म भने कोरोना महाव्याधिकै सिलसिलामा हिजो आफूलाई शत्रुतापूर्ण व्यवहार गरेर खुइल्याउन लाविपरेको अमेरिकामा समेत सहयोगको प्याकेज पुर्याएर उसले त्यहाँ कोरोना नियन्त्रणका लागि भूमिका निर्वाह गर्ने  काम गरेको छ । यसले भावी दिनहरुमा विश्व राजनीतिमा नयाँ आयाम सुरुवात हुने  संकेत देखापरेको रुपमा पनि विश्लेषण हुन थालेको छ । कतिपय मुलुकका सरकार प्रमुख र नेताहरुले त विश्व आपतकालको अहिलेको बेलामा चीनले निर्वाह गरेको भूमिकालाई  सार्वजनिक रुपमै प्रशंसा गरेका उदाहरण पनि छन् ।

त्यस्तै, लामो समयदेखि समाजवादको अभ्यास गर्ने बाटोमा अग्रसर भएकै कारण अमेरिकाको कठोर नाकाबन्दी भोगिरहेका क्युबाले यसबेला निर्वाह गरेको भूमिका पनि उल्लेखनीय छ । खासगरी, क्युबाले आफू कहाँ कोरोना हुँदा हुँदै पनि ‘रिभोल्युसनरी फाइटर’ भनेर इटाली, स्पेनलगायतका मुलुकहरुमा स्वास्थ्यकर्मी र स्वयसेवक पठाए । आपतको यो बेलामा क्युबाले आफूविरुद्धको अमेरिकी नाकाबन्दीमा सहयोगी राष्ट्रहरुमा समेत सहयोग पठाएर एउटा उदाहरणीय नमूना पेश गरेको छ । जबकि, त्यस किसिमको सहयोग त अरु कुनै पुँजीवादी मुलुकले पनि पठाउन सकेका छैनन् ।


इटाली पठाइएका क्युबाका स्वास्थ्यकर्मीहरुको टोली ।  https://www.wantedinmilan.com

लामो समयदेखि समाजवादको अभ्यास गर्ने बाटोमा अग्रसर भएकै कारण अमेरिकाको कठोर नाकाबन्दी भोगिरहेका क्युबाले यसबेला निर्वाह गरेको भूमिका पनि उल्लेखनीय छ । खासगरी, क्युबाले आफू कहाँ कोरोना हुँदा हुँदै पनि ‘रिभोल्युसनरी फाइटर’ भनेर इटाली, स्पेनलगायतका मुलुकहरुमा स्वास्थ्यकर्मी र स्वयसेवक पठाए । आपतको यो बेलामा क्युबाले आफूविरुद्धको अमेरिकी नाकाबन्दीमा सहयोगी राष्ट्रहरुमा समेत सहयोग पठाएर एउटा उदाहरणीय नमूना पेश गरेको छ ।


त्यसकारण, अहिले कोभिड–१९ को विश्व महाव्याधिको महासंकटकालीन समयमा समाज, जनता र विश्वमानव समुदायप्रतिको उत्तरदायित्व समाजवादी समाजले कसरी निर्वाह गर्छ, र त्यही कुरा पुँजीवादी समाजले कसरी निर्वाह गर्छ भन्ने कुरा यतिखेर घामजत्तिकै छर्लङ भएको छ ।

कोरोनाको प्रकोप नियन्त्रणमा आएपछि विश्व राजनीति, विश्व सामाजिक सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ बहसको बाटो पक्रन्छ भन्ने मलाई लागेको छ ।

सरकार सुझाव

कोरोनाले निम्त्याएको सन्त्रास डरलाग्दो छ । यसको संक्रमणको विस्तार रकेटको गतिमा छ । अहिलेसम्म यसको खोप–औषधिहरु पत्ता नलागिसकेको हुनाले  र आफ्नो रक्षा आफै गर्ने भन्ने कुरामा पनि ध्यान नदिँदा यो अत्यन्तै डरलाग्दो ढंगले विश्वभरि नै फैलिन पुग्यो । यो नयाँ भाइरसले सिर्जना गरेको संकटका विरुद्ध जुघ्न हिजो चीनले ‘लकडाउन’ गर्दा ‘मान्छेको स्वतन्त्रता अपरहण गर्न हुन्न’ भनेर हेलचेक्र्याइँ गर्दा अहिले शक्तिशाली पुँजीवादी राष्ट्रहरुको अवस्था निकै दयनीय र भयावह बनेको देखिन्छ ।

हाम्रो स्थितिमा हेर्दा राज्य तहमा मानिसहरुमा आशा जगाउने खालका कार्य हुन सकेको छैन । नयाँ खालको स्वास्थ्य महासंकटसँग विश्व नै जुघिरहेको अहिलेको बेलामा नागरिक समाज, सञ्चारमाध्यमहरुले मानिसमा आशा जगाउने, उत्प्रेरणा जगाउने खालका काममा  बढी  जोड दिनुपर्थ्यो। तर कतिपय सञ्चारमाध्यमले जनतामा आशा, भरोसा र उत्प्रेरणा जगाउने भन्दा पनि उनीहरुलाई आतंकित तुल्याउने काम गरिररहेका छन् । कोरोनाको महाव्याधिसँगै फैलिएको ‘कु’सूचनाको महामारीले नोबेल कोरोनाभाइरसका कारण हुने  ‘कोभिड–१९ रोग लागेपछि मान्छे बाँच्दै बाँच्दैन’ भन्ने अत्यन्तै भ्रामक र नकारात्मक मानसिकताको विकास गरिदिएको छ ।


हाम्रो स्थितिमा हेर्दा राज्य तहमा मानिसहरुमा आशा जगाउने खालका कार्य हुन सकेको छैन । नयाँ खालको स्वास्थ्य महासंकटसँग विश्व नै जुघिरहेको अहिलेको बेलामा नागरिक समाज, सञ्चारमाध्यमहरुले मानिसमा आशा जगाउने, उत्प्रेरणा जगाउने खालका काममा  बढी  जोड दिनुपर्थ्यो। तर कतिपय सञ्चारमाध्यमले जनतामा आशा, भरोसा र उत्प्रेरणा जगाउने भन्दा पनि उनीहरुलाई आतंकित तुल्याउने काम गरिररहेका छन् ।


‘कु’ सूचनाको महामारी यति डरलाग्दोसँग फैलिएको छ र त्यसलाई सत्यतथ्यको आलोकमा चिर्ने काम बलियोसँग हुनै सकेको छैन । त्यसैले गर्दा अरु त अरु, स्वास्थ्यका जानकार डाक्टर, नर्स तथा जाने स्वास्थ्यकर्मीहरु पनि कोरोनासंक्रमितका आंशका गरिएकाहरुको उपचार गर्न  बिरामीको नजिक जान पनि डराइरहेको पाइन्छ ।

कोरोनाको संक्रमण हुँदैमा मानिस मरिहाल्ने होइन । त्यसको लागि उपयुक्त सावधानीहरु र उपचारमा संलग्न हुनेहरुले आवश्यक प्रतिरक्षात्मक सामग्रीको प्रयोग गर्दा त्यो सरिहाल्दैन भन्ने कुरा विश्वका विज्ञहरुले बारम्बार भन्दै आइरहेका छन् । तर यो कुरा बुझाउन कमी नै भएजस्तो लाग्छ मलाई ।  कोरोनाको संक्रमणलाई एकछिन बिर्सेर हेर्ने हो भने, निमोनियाँबाट मात्र वर्षमा लाखौँ मान्छे मरिरहेको हुन्छन्, क्यान्सरबाट गत वर्ष करिब १४ लाख मान्छे मरेका थिए, डेंगुबाट लाखौँ मान्छे मर्छन्, मलेरियाबाट वार्षिक ८ लाख मान्छे मर्छन् । अरु त अरु सामान्य रुघाखोकीबाट पनि वर्षेनी लाखौं मानिसहरु विश्वभरिमा मर्ने गर्छन् । ती रोगहरुले मानिसलाई आतंकित बनाएको छैन । तर कोरोनाले चाहिँ महाआतंक फैलाएको छ । अहिले नयाँ देखापरेको कोभिड–१९ बाट हालसम्म विश्वमा ७४ हजारभन्दा केही बढी मानिस मरेका छन् । तर साथसाथै कोरोनाको संक्रमणबाट निको हुनेहरुको संख्या पनि झण्डै तीनलाखको आसपास पुगिसकेको छ । यो स्थितिमा कोरोना लाग्दैमा सबै मान्छे मर्दैनन् भनेर त्यसका लागि अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा अनिवार्य रुपमा अपनाउ भनेर जनतालाई भन्नुपर्छ । कतिपय अवस्थामा जनता अनुशासित भएको देखिँदैन । ऊ आफैलाई नै म अनुशासित भएर बस्नुपर्छ भन्ने महसुस गराउनुपर्छ । यहाँ त्यो ‘ग्याप’ देखिएको छ ।


कोरोना महाव्याधिका सन्दर्भमा नेपालका राजनीतिक क्षेत्र जति गम्भीर बन्नुपर्ने हो,  त्यति गम्भीर बनेन भन्ने मेरो चिन्ता हो । किनभने यतिबेला जनतालाई यसबाट प्रतिरक्षात्मक उपायहरु अपनाउनका लागि तर्कसंगत कुराहरु गर्नुपर्छ । तर यस्तो बेलामा पनि भ्रष्टाचारका कुराहरु बाहिर आए । सेनालाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिने कुरा आए । यस्ता कुराले जनताकाबीचमा सरकार बदनाम भयो ।


कोरोना महाव्याधिका सन्दर्भमा नेपालका राजनीतिक क्षेत्र जति गम्भीर बन्नुपर्ने हो,  त्यति गम्भीर बनेन भन्ने मेरो चिन्ता हो । किनभने यतिबेला जनतालाई यसबाट प्रतिरक्षात्मक उपायहरु अपनाउनका लागि तर्कसंगत कुराहरु गर्नुपर्छ । तर यस्तो बेलामा पनि भ्रष्टाचारका कुराहरु बाहिर आए । सेनालाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिने कुरा आए । यस्ता कुराले जनताकाबीचमा सरकार बदनाम भयो । यो शुन्य भ्रष्टचार गर्ने बेला हो । र, गर्न सकिने बेला पनि यही हो । जनतालाई काम देखाउने बेला पनि यही हो । अर्को कुरा यस्तो संकटमा जनता आफैं पनि सतर्क हुनुपर्यो ।

राज्यले ‘लकडाउन’ घोषणा गरेर सीमा बन्द गरेको धेरै भइसक्यो । जनताहरु बाहिरबाट नाकामा आएर नेपाल पस्न पाउने मेरो हक अधिकार भनिरहेका छन् । अहिले उनीहरुलाई भित्र पस्न दिँदा पैदा हुने व्यवस्थापन र महामारी फैलिन सक्ने समस्या, पस्न नदिँदा मातृभूमिमा पस्न पाउने अधिकारबाट आफ्नै देशका नागरिकहरु मौलिक अधिकारबाट बन्चित हुने अप्ठ्यारो समस्या भएकाले यो विषयलाई राज्यले संवेदशील राज्यले व्यवस्थापन गर्ने जुक्ति र सुझबुझ देखाउनुपर्छ । साथै अहिलेको महाविपतको घडीमा राज्यको संवेदनशीलता र सीमा बुझेर जनता पनि आफै अनुशासित हुनुपर्छ । यो बेलामा कोरोनाको महाव्याधिसँग जुघ्ने सबैभन्दा मुख्य उपाय भनेकै सामुहिक प्रयत्न नै हो । त्यसका लागि मुलुक एकताबद्ध हुनैपर्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.