शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारलाई १० थान भेन्टिलेटर सहयोग

मङ्गलबार, २५ चैत २०७६, १४ : ०७
मङ्गलबार, २५ चैत २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएका बिरामीलाई उपचार गर्न निक साइमन्स इन्स्टिच्युटले सरकारलाई १० थान पोर्टेबल भेन्टिलेटरहरु उपलब्ध गराएको छ ।  इन्स्टिच्युटका कार्यकारी निर्देशक डा.अनिलबहादुर श्रेष्ठले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा १० थान भेन्टिलेटर उपलब्ध गराएका हुन् ।

इन्स्टिच्युटले यसअघि पनि विभिन्न ४७ वटा अस्पतालहरुमा स्वास्थ्य सेवा विभागको समन्वयमा १ हजार थान पीपीइ सेट उपलब्ध गराएको थियो । भेन्टिलेटर हस्तान्तरण गर्दै कार्यकारी निर्देशक श्रेष्ठले कोरोना भाइरसको संक्रमणबाट सिकिस्त भएका बिरामीको ज्यान जोगाउन भेन्टिलेटरले सहयोग पु¥याउने बताए । त्यस्तै पोर्टेबल भेन्टिलेटर बुझ्दै मन्त्री ढकालले संकटका बेला उपलब्ध भएका स्वास्थ्य सामग्रीहरु महत्वपूर्ण हुने बताए ।

उनले उपलब्ध भेन्टिलेटरहरु मध्ये २ थान सूदुरपश्चिम प्रदेशमा, २ थान गण्डकी प्रदेश, २ थान बुटवलमा पठाउने र ४ थान काठमाडौं मै जगेडामा राखिने बताए । जगेडामा राखिएका भेन्टिलेटरहरु आवस्यकता परेको ठाउँमा पठाउने व्यवस्था मिलाउने समेत उनले बताए । भेन्टिलेटर आफै सास फेर्न नसक्ने बिरामीलाई सास फेर्न मद्दत गराउने मेसिन भएकाले कोरोना भाइरसको संक्रमण भएका विरामीलाई उपचार गर्न महत्वपूर्ण हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप