शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मलाई मन पर्छ

मङ्गलबार, २५ चैत २०७६, १३ : ५०
मङ्गलबार, २५ चैत २०७६

मलाई घाम मन पर्छ
मलाई सफा पानी मन पर्छ 
प्रकृतिलाई माया गर्ने 
मलाई ज्ञानी मान्छे मन पर्छ । 

मलाई बाबा मन पर्छ 
मलाई मामु मन पर्छ 
बाबा र मामु जस्तै माया गर्ने यो धर्ती मन पर्छ ।

मलाई रङ्गीचङ्गी फूलबारी मन पर्छ 
जहाँ सधैँ पुतलीको बास हुन्छ 
मलाई हरिया हरिया रूख मन पर्छ 
जहाँ शीतल हावा चल्छ ।

मलाई चरा चुरुङ्गीको चिरबिर चिरबिर मन पर्छ 
जुन मीठो सङ्गीत बन्छ
मलाई रङ्गिचङ्गी इन्द्रेणी पनि मन पर्छ
किनकि त्यसमा सातै रङ्ग हुन्छ ।

मलाई काला काला बादल मनपर्छ
जसले अमृतरूपी वर्षा गराउँछ ।
मलाई मीठो पाकेको आँप मनपर्छ 
मनपर्ने कुरा किन्न बाहिर ननिस्क साथी 
निस्किए कोरोनाभाइरस सर्न सक्छ ।

एनसीसीएस स्कुल, चण्डोल
कक्षा ३

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप