कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालसम्मका लागि स्थगित
काठमाडौं । कोभिड–१९ को संक्रमण जोखिमका कारण देश लकडाउनमा गएपछि यसअघि निर्धारित कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले मंगलबार एक सूचना प्रकाशित गर्दै परीक्षा अनिश्चितकालसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो ।
पूर्वनिर्धारित कार्यतालिका अनुसार कक्षा १२ को परीक्षा वैशाख ८ गतेदेखि र कक्षा ११ को परीक्षा वैशाख २१ गतेदेखि हुने तय थियो ।
परीक्षा स्थगित भएसँगै बोर्डले सबै प्रदेशका परीक्षा व्यवस्थापन कार्यालय तथा शाखा कार्यालयहरुलाई सोही बमोजिम गर्न तथा गराउन समेत निर्देशन दिएको छ ।
विद्यार्थी अभिभावक लगायत सम्पूर्ण नागरिकहरु यस संक्रमणको महामारीबाट जोगिनको लागि सावधानीपूर्वक रहन र सामाजिक दूरी कायम गर्न अनुरोध गर्दै बोर्डले विद्यार्थीलाई घरमै बसेर परीक्षाको तयारी गर्न समेत अनुरोध गरेको छ ।
हालको संक्रमणकालीन अवस्थामा सुधार भइ जनजीवन सामान्य अवस्थामा फर्कनेवित्तिकै परीक्षाको नयाँ तालिका प्रकाशित गरेर जानकारी गराइने बोर्डले स्पष्ट पारको छ। यसअघि बोर्डले पूर्वनिर्धारित एसईई परीक्षा पनि स्थगित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीआईजी बन्न आईजीपीकै ब्याचमेट प्रतिस्पर्धामा, जुनियरलाई बढुवा गर्न चलखेल
-
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
-
विपिन जोशीकाे रिहाका लागि पहल गर्ने कतारी राजाको प्रतिवद्धता
-
नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापनाको घोषणा
-
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
-
विभिन्न स्थानमा तीन जना मृत फेला