शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महारानीले जन्मोत्सव मनाउने 'लिङलिट सफारी पार्क' (फेटोफिचर)

शुक्रबार, १६ भदौ २०७४, ०९ : ११
शुक्रबार, १६ भदौ २०७४

पत्रकार मनोज घर्तीमगरले खिचेका तस्वीर :

दक्षिण ईङल्याण्डमा पर्छ, लङलिट सफारी पार्क । सन् १५८० को दशकदेखि यहाँ जोन थिन्ने (थिन्ने) परिवार बस्थ्यो । थिन्ने परिवार निकै शौखिन थियो, उक्त परिवारले ठूलो जंगल क्षेत्र ल्यायो । र संसारभर पाएसम्मको जनावर पाल्न थाल्यो । जंगलको बीचमा भव्य महल पनि बनायो ।

यहाँ करिब ४५० वर्ष यो परिवार बस्यो । अहिले थिन्ने परिवार छैन । कुनै समय यही क्षेत्रमा आएर बेलायती महारानीले जन्मोत्सव मनाउँथे ।

सन् १९६६ देखि यो क्षेत्र  सर्वसाधरणका लागि सार्वजनिक गरिएको छ –लिङलिट सफारी पार्क । यहाँ अहिले करिब ५०० भन्दा बढी जनावर छन् । 

यहाँ दैनिक पर्यटकहरुको ठूलो घुइँचो लाग्छ, पर्यटकहरु जनावरहरुको आक्रमणबाट बच्न सावधानीपूर्वक गाडीमा यात्रा गर्छन् र आनन्द लिन्छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप